Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

10/28/2026, 2:13:01 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी-कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडाैँ । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिएका हुन् । समितिले बुधबार सिंहदरबारमा गरेको छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति तथा नोक्शानीसम्बन्धी तथ्याङ्क आवश्यक रहेको बताए । उनले प्रत्येक वडामा कति जनाको मृत्यु भयो, कति जना बेपत्ता भए र कृषि लगायतका विभिन्न क्षेत्रमा कति क्षति पुग्यो भन्ने यथार्थ विवरण सरकारी निकायबाट हस्ताक्षर गरी प्रमाणित गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनकाअनुसार सही र प्रमाणित सूचना प्राप्त भएपछि मात्रै समितिले यथार्थपरक प्रतिवेदन तयार गर्न र तथ्यमा आधारित निर्णय तथा सुझाव दिन सक्नेछ । समितिले स्थलगत निरीक्षणका क्रममा सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तविक रूपमा प्राप्त गरेको राहतको अवस्था पनि तुलना गर्ने जनाएको छ । सरकारी निकायले राहत उपलब्ध गराएको दाबी गरे पनि सम्बन्धित नागरिकले प्राप्त गरे वा नगरेको विषयमा समितिले स्थलगत रूपमा जानकारी लिने पौडेलले बताए । राष्ट्रिय सभाले गर्ने अध्ययन तथा अनुगमन तथ्याङ्कमा आधारित र प्रभावित नागरिकले भोगेको वास्तविक अवस्थालाई प्रतिबिम्बित गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । त्यसैले सम्बन्धित निकायले आवश्यक विवरण यथाशिघ्र उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पौडेलले तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले स्थलगत निरीक्षण अघि बढाउने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सलिको गल्फ प्रतियोगिता शनिबार
ताजा खबरJust now

सलिको गल्फ प्रतियोगिता शनिबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिब एक सय एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन्। ...

कान्तिपुर
क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग
ताजा खबरJust now

क्युबामाथिको अमेरिकी नाकाबन्दी हटाउन चीनको माग

क्युबाको भविष्य र भाग्यको फैसला गर्ने अधिकार त्यहाँका जनतालाई मात्रै छ । कसैलाई पनि अन्य देशमाथि प्रतिबन्ध लगाउने, उनीहरुका इच्छा र विकासको बाटो रोक्ने अधिकार छैन : चीन ...

कान्तिपुर
पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

पोखरा । पोखराको न्यूरोडमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सभागृह चोकस्थित न्यूरोडको ग.१६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट स्कुटरमा सवार पोखरा... ...

रातोपाटी
स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म
ताजा खबरJust now

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो। अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play