Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्याङ्जाकाे फूल पोखरा र बुटवलसम्म

स्याङ्जा।पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूल खेती गर्ने किसानको संख्या बढदै गएको छ। कुनै बेला घरायसी प्रयोजनका लागि मात्रै निर्वाहमुखी फूल उत्पादन हुने गरेकामा पछिल्लो समय यहाँ फूलको व्यावसायिक उत्पादन थालिएको हो। अरु अन्नबालीको तुलनामा बाँदरले क्षति नपुर्‍याउने र बजारमा सहजै खपत हुने भएकाले किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका हुन्। जिल्लाभित्रै फूलको व्यावसायिक उत्पादन सुरु भएपछि फूल तथा माला आयात गर्ने क्रम विस्तारै रोकिँदै गएको छ। केही वर्षअघिसम्म भारत, बुटवल तथा पोखराबाट तिहारलगायतका चाडबाडका अतिरिक्त सभा समारोहका लागि फूल माला ल्याइने गरिएको थियो। आजभोलि भने ती ठाउँमै यहाँ उत्पादित फूल तथा माला निर्यात हुन थालेको छ। जिल्लामा विशेष गरी दसैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी व्यावासायिक रुपमा सयपत्री फूल उत्पादन हुँदै आएको छ। विगतका तुलनामा हाल फूलखेतीको क्षेत्रफल तथा किसानको संख्या पनि थपिँदै गएको छ। फूलखेतीमै आफनो भविष्य आठ वर्षदेखि स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका कृषक चन्द्र रानाले व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन्। उनले विशेषगरी दसैं तथा तिहारलाई लक्षित गरी फूलखेती गर्दै आएका हुन्। ग्रामीण भेगमा जमिन भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएका रानाले गरेको व्यावसायलाई पछ्याउँदै अन्य कृषकले पनि फूलखेती थालेका छन्। व्यावसायिक कृषक रानासहित सात जनाले मिलेर गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका तीन–तीन ठाउँमा व्यावसायिक फूलखेती गरेका छन्। उनीहरुले दुई–दुई रोपनी जमिनमा व्यावसायिक फूलखेती गरेको व्यावसायी रानाले बताए। “हामी सात जना किसानले मिलेर छुट्टाछुट्टै ठाउँमा व्यावसायिक फूलखेती गरेका छौं”, उनले भने, “हामीले छुट्टाछुट्टै फूलखेती गरे पनि फूलको बीउ, बेर्ना, लगाउने तरिका, बजारीकरणलगायतमा एकापसमा सरसल्लाह, अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेका छौं।” फूल तथा मालाको माग आउँदा यही समूहभित्रबाट संकलन गरी बजारमा पठाउने गरेको उनले बताए। दसैंभन्दा अगाडि बजार मूल्य कम भएको र तिहारभन्दा अगाडि नै फूल फूलेकाले बजारीकरणमा समस्या हुने हो कि भन्ने लागेको गल्याङ–२ गुठीकी कृषक डीलमाया रानाले बताइन्। सयपत्री फूलको माला होलसेलमा ५० रुपैंयाँ र फुटकरमा प्रतिमाला ७० रुपैंयाँका दरले बिक्री भइरहेको छ। फूल होलसेलमा प्रतिकेजी १०० रुपैंयाँ र फुटकरमा प्रतिकेजी २०० रुपैंयाँमा बिक्री गर्दै आएको कृषक रानाले बताइन्। “यहाँका उत्पादन फूल र माला दसैंअघि पोखरामा बिक्री भएको र अब तिहारमा बुटवलमा बिक्री गर्ने तयारी भइरहेको छ”, उनले भनिन्। पोखरा तथा बुटवलका ब्यापारीले फूल तथा माला माग गर्ने भएकाले सोही आधारमा गाडीमार्फत पठाउँदै आएको उनले जानकारी दिइन्। कहिलेकाहीँ यहाँ उत्पादन भएको फूलले भारतबाट आउने फूलसँग प्रतिस्पर्धा गर्नुपर्दा उचित बजार मूल्य नपाउने समस्या भने रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ
ताजा खबरJust now

विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ...

केन्द्रबिन्दु
अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता
ताजा खबरJust now

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् । ...

कान्तिपुर
विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन
ताजा खबरJust now

विज्ञापनमा विभेद रोक्ने फैसला अविलम्ब कार्यान्वयन गर्न निर्देशन

सर्वाेच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सरकारी विज्ञापनमा विभेदविरुद्धको फैसला ‘अविलम्ब कार्यान्वयन गर्न’ सरकारलाई निर्देशन दिएको छ। सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले सो फैसला अविलम्ब कार्यान्वयन गरी कार्यान्वयनको जानकारी निर्देशनालयलाई गराउन पनि पत्रमा भनिएको छ। असार ३० को फैसला कार्यान्वयनको माग गर्दै दायर गरिएको निवेदनउपरको कार... ...

नेपालखबर
बाँकेमा कालानमक धानको संरक्षण गरिँदै
ताजा खबरJust now

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके, कात्तिक ११ गते । सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play