विराटनगरका ६९ वर्षीय व्यापारीको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेका दुई जना नाबालक छन्। पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालन गर्दै आएका थिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा १३ वर्षीय भारतीय र १६ वर्षीय नेपाली नाबालकलाई पनि नियन्त्रणमा लिएको छ। भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत ४० वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएका थिए। उनी विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्थे। गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि उनी पसलबाट बेपत्ता भएका थिए। परिवार र आफन्तले खोजी गरिरहेका बेला कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलीया खोलाको किनारमा उनकाे शव फेला परेको थियो। सूक्ष्म अनुसन्धानपछि कात्तिक १० गते साँझ करिब ५ बजे अभियुक्तहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले हल्ला फैलाएका थिए। यही विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। विवाद बढेपछि आलमले गुप्तालाई घरमा बोलाएर फलामको जीआई पाइप प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि शव लुकाउन र फाल्न आलमले दुई जना नाबालकको सहयोग लिएको तथा शवलाई केशलीया खोला किनारमा पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
कोकिला ढकाल इलाम, कात्तिक ११ गते । मौसम विज्ञान विभागले आगामी कात्तिक १२ गते देखि १५ गतेसम्म पानी पर्ने सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाबासीलाई उच्च सत... ...

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’
पाल्पा।पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो। महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ। महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो। तर, गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ। विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ...

लङ मार्च र आधुनिक चीनको राजनीतिक यात्रा
यो त्याग, बलिदान, सङ्घर्ष र तपस्याको कथा हो । चिनियाँ नागरिकको गौरवपूर्ण ऐतिहासिक सपना साकार पार्ने सङ्कल्प र उत्साहको वृत्तान्त हो । यो लालसेनाका सैनिकहरूको त्याग र बलिदानसँग जोडिएको राजनीतिक इतिहास हो । राष्ट्रियता, एकता, समानता र आर्थिक विकास चीनका प्रमुख लक्ष्य हुन् । यही अक्टोबर २२ मा चीनले ऐतिहासिक लङ मार्चको ९०औँ वार्षिकोत्सव मनायो […] ...

बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिंक्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका,गर्भवती तथा सुत्केरी महिला,मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता,उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। विभागले इनर्जी ड्रिंक्स से... ...


