Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

10/26/2026, 6:05:51 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन

नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन सबै ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले आज सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्रीपछि बिलबिजक जारी नगरेको भन्ने गुनासो आएकाले अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमका निर्देशक इञ्जिनियर विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा यसअघि पनि मिति २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा ग्यास उद्योगबाट नियुक्त बिक्रेताले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री वितरणको व्यवस्था मिलाउन भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी
OthersJust now

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी

धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ । रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ। साग टिप्ने र बजारसम्म पुर्‍याउने काममा प्रेम रानासँगै ...

पर्दाफास
दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा
OthersJust now

दशैं सकियो, सुरुभयो सुदूरपश्चिमेलीको भारत यात्रा

हिन्दुहरुको महान पर्व वडादशैं सकिएसँगै रोजगारीका लागि भारत जाने नेपालीहरुको संख्या बढ्न थालेको छ । भारतमा रोजगारी गर्दै आएका नेपाली दशैंका लागि स्वदेश फर्किएपनि दशैं सकिए लगत्तै फेरी भारत जान थालेका हुन् । भारतसँग जोडिएको सुदूरपश्चिमको प्रमुख नाका गौरिफण्टाबाट पछिल्लो तीन दिनयता दैनिक दुई हजारदेखि तीन हजार नेपाली भारत जाने गरेको प्रहरीको भनाइ छ । ‘भारत जाने नेपालीको यकीन तथ्यांक राख्ने गरिएको छैन,’ ...

पर्दाफास
लुम्बिनी भर्सेस सुदूरपश्चिम : यस्तो देखियो मैदानको माहोल (तस्बिरहरू)
OthersJust now

लुम्बिनी भर्सेस सुदूरपश्चिम : यस्तो देखियो मैदानको माहोल (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा चलिरहेको छ । ...

अनलाइन खबर
एनपीएल : उद्घाटन खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य
OthersJust now

एनपीएल : उद्घाटन खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play