एनपीएल : उद्घाटन खेलमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८७ रनमा समेटियो । जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए । अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् । विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए । आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए । सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै
ग्यास भण्डारणमा हालसम्म सरकारको उपस्थिति शून्यप्राय: रहेको अवस्थामा नेपाल आयल निगमले आफ्नै स्वामित्वमा भण्डारण गृह र सीमापार ग्यास पाइपलाइन निर्माण प्रक्रियालाई तीव्रता दिएको हो । ...

कांग्रेस देउवा समूहको महाधिवेशन : ३५ मध्ये नौ जिल्लामा नेतृत्व चयन
सम्पर्क कार्यालयका अनुसार देउवा समूहले एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ३५ मध्ये नौ जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरेको हो । ...

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो । लुम्बिनीको जितमा आशिफ शेखले ३२ रन बनाए । २५ बलको सामना गरेका उनले २ ...

गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ घाइते
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिप कुमार बगाले, ...


