Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नगरपालिकामा हाटबजार ठेक्कामा अनियमितता गरी १ करोड ६० लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजार, बाख्रा हाटबजार र गुदरी हाटबजार सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गर्दा १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी भएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा गोलबजार नगरपालिकाले वडा नम्बर ६ र ७ मा पशु, बाख्रा तथा गुदरी हाटबजार सञ्चालनबापतको राजस्व संकलन गर्न वडा नम्बर ८ का ठेकेदार वीरेन्द्र कुमार यादवलाई अमानतमा जिम्मेवारी दिएको थियो । नगरपालिकाको २०७८ साउन ४ गतेको कार्यपालिका बैठकले बुझाउनुपर्ने राजस्वमा २७ लाख ३४ हजार ९१३ रुपैयाँ छुट दिने निर्णय गरेको थियो । स्थानीय तहमा कर छुट दिनुपर्ने बाध्यात्मक अवस्था भएमा नगरसभाबाट मात्रै छुट दिन सकिने व्यवस्था रहे पनि कार्यपालिकाले नै छुट दिने निर्णय गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यस्तै, २०७८ साउन १४ गतेको बैठकबाट प्रतिस्पर्धाविना सोझै अमानतमा ठेकेदारलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो । ठेकेदारबाट असुल गरी नगरपालिकाको सञ्चित कोषमा दाखिला गर्नुपर्ने रकमसमेत असुल नगरिएको अख्तियारको आरोप छ । अख्तियारले तत्कालीन नगरप्रमुख देवनाथ साहु तेली, उपप्रमुख रेशम कुमारी थारू, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्त कुमार पौड्याल, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नारायण महतो, तत्कालीन राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्र कुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल लाइफ क्यापिटललाई इक्रा नेपालद्वारा ‘एएमसी क्वालिटी ३’ रेटिङ
ताजा खबरJust now

नेपाल लाइफ क्यापिटललाई इक्रा नेपालद्वारा ‘एएमसी क्वालिटी ३’ रेटिङ

काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो रे... ...

गोरखापत्र
एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
ताजा खबरJust now

एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो । १५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो । विराटनगरका लागि इमरान ...

अर्थ सरोकार
तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
ताजा खबरJust now

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

काठमाडौं।आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी ...

नेपालन्युज
काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्छौँ : सुनिता डंगोल
ताजा खबरJust now

काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्छौँ : सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताएकी छन् । ‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ को जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play