Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो । १५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए भने आन्द्रे रसलले ३३ रनको योगदान गरे। तर, उनीहरूको प्रयासले टोलीलाई जित दिलाउन सकेन । चितवनका कमलसिंह ऐरीले चार विकेट लिए भने रिजन ढकालले दुई विकेट झारे। उनीहरूको उत्कृष्ट बलिङसँगै चितवनले रोमाञ्चक जित निकालेको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको थियो। चितवनका ओपनर ब्याटर डेविड मलानले अर्धशतक प्रहार गर्दै सर्वाधिक ७० रन बनाए। जारी संस्करणमा अर्धशतक प्रहार गर्ने मलान पहिलो खेलाडीसमेत बनेका छन् । त्यस्तै, रवि बोपरा ३२ रन र ड्यान माउस्ली २९ रनमा अविजित रहे। विराटनगरका चरिथ असलंका, आन्द्रे रसल र एन्जेलो म्याथ्युजले समान एक–एक विकेट लिए । यस जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ । एनपीएलअन्तर्गत मंगलबार साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अर्थ सरोकार

Visit Publisher Site →

Related News

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ
ताजा खबरJust now

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौं।काठमाडौंका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहनालगायतका धनमाल चोरी गर्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलङ्की क्षेत्रका विभिन्न घरमा चोरी गरेको आरोपमा उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित समस्तीपुर खेसराहा घर भई हाल काठमाडौं महानगरपालिका–१३ कालीमाटी बस्ने २५ वर्षीय विकास ...

नेपालन्युज
कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ
ताजा खबरJust now

कर्णालीविरुद्ध जनकपुरले थाल्यो ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ब्याटिङ थालेको... ...

रातोपाटी
पाँचदिने निःशुल्क योग शिविर हुने
ताजा खबरJust now

पाँचदिने निःशुल्क योग शिविर हुने

अनिल पराजुलीहेटौँडा, कात्तिक १० गते । नसर्ने रोगको न्यूनीकरण र स्वस्थ जीवनशैली प्रवर्धन गर्ने उद्देश्यले हेटौँडामा पाँचदिने निःशुल्क वृहद् योग विज्ञान शिविर आयोजना हुनेभएको छ । पतञ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play