तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

काठमाडौं।आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गरे। “तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौं”, उनले भने, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिए। एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत ९० रुपैंयाँको थोक मूल्यको आधारमा ४० करोड ५० लाख, मखमली फूलको ६ लाख मालालाई औसत थोक मूल्य ४५ रुपैंयाँका दरले दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य एक हजार २०० का दरले दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य ४०० रुपैंयाँका दरले दुई करोड ४० लाख पर्ने बताइएको छ। यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिए। मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन्। मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ। मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कर्णाली याक्सले अर्को विकेट पनि गुमायो
काठमाडौँ। कर्णाली याक्सका एरफुल स्लाम आउट भएका छन् । उनी २९ बलमा ४३ रन बनाएर आउट भएका हुन्। नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले १२.३ ओभरमा ४... ...

लमजुङका किसान धान थन्क्याउने चटारोमा
धान काट्ने र थन्क्याउने काम भुजुङमा मात्र सीमित छैन । घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, घेर्मु र ताघ्रिङलगायत लमजुङका ग्रामीण बस्तीमा पनि किसानलाई धान भित्र्याउने चटारो छ । ...

नारायणीमा तीनजना वेपत्ता, एकको उद्धार
बोमलाल गिरीनवलपुर, कात्तिक १० गते । नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन् । एक जनाको सकुशल उद्धार गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका –१ स्थित ब्रिटिस क्याम्प प... ...

सहकारीका मुद्दा चाँडो किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने
काठमाडौँ । सहकारी क्षेत्रका पीडितहरूलाई छिटोछरितो न्याय प्रदान गर्न र सहकारी कसुरसम्बन्धी मुद्दाहरूको शीघ्र किनारा लगाउन जिल्ला अदालतहरूमा ‘समर्पित इजलास’ गठन गरिने भएको छ । १०० थानभन्दा बढी सहकारीसम्बन्धी मुद्दा रहेका जिल्ला... ...


