गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–६ घर भई हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी ३७ वर्षीया तारा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार बिहान करिब १० बजे उनी भिरबाट लडेर मृत अवस्थामा रहेको खबर प्राप्त भएपछि घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको छ ।
गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






