Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एसीसीएको कर प्रणाली विषयमा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसीसीएको कर प्रणाली विषयमा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो
Photo / Coverage: पर्दाफास

द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी साहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) अन्तर्गत सेप्टेम्बर २०२६ मा सञ्चालित परीक्षाको कर प्रणाली (ट्याक्सेसन–टीएक्स) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् । द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था तथा एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदार बीपीसीकी विद्यार्थी मघियाले लगातार दुई परीक्षा सत्रमा विश्वका उत्कृष्ट १० विद्यार्थीभित्र स्थान बनाउन सफल भएको द व्रिटिस कलेजका कोअर्डिनेटर अमरदिप मण्डलले जानकारी दिए । यसअघि जुन २०२६ मा सञ्चालित परीक्षामा उनले पर्फर्मेन्स म्यानेजमेन्ट (पीएम) विषयमा नेपाल प्रथम हुँदै विश्वभर आठौँ स्थान हासिल गरेकी थिइन् । दुई फरक विषयमा लगातार अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट नतिजा हासिल गर्नु उनको मेहनत, अनुशासन र अध्ययनप्रतिको लगनशीलताको प्रतिफल भएको मण्डलले जानकारी दिए । मघियाको अन्य विषयको नतिजा पनि उत्कृष्ट रहेको छ । उनले फाइनान्सियल अकाउन्टिङ (एफए) मा ९४ प्रतिशत, म्यानेजमेन्ट अकाउन्टिङ (एमए) मा ८१ प्रतिशत र बिजनेस एन्ड टेक्नोलोजी (बीटी) मा ७८ प्रतिशत अङ्क प्राप्त गरेकी छन् । आफ्नो उपलब्धिबारे प्रतिक्रिया दिँदै मघियाले यी नतिजा निरन्तरको मेहनत, लगनशीलता र कठिन परिस्थितिमा पनि हार नमान्ने प्रयासको परिणाम भएको बताइन् । अध्ययन यात्रामा साथ, मार्गदर्शन र हौसला प्रदान गर्ने शिक्षक, परामर्शदाता तथा बीपीसी परिवारप्रति उनले आभार व्यक्त गरिन् । उनले यो उपलब्धिलाई आफ्नो अध्ययन यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिँदै यसले आगामी दिनमा अझ उच्च लक्ष्य हासिल गर्न प्रेरणा दिएको बताइन् । बीपीसीका व्यावसायिक शिक्षा प्रमुख दीपेन्द्र के. श्रेष्ठले मघियाको सफलता उनको लगनशीलता, अनुशासन र निरन्तर मेहनतको प्रतिफल भएको बताए । लगातार दुई परीक्षा सत्रमा विश्वस्तरमा उत्कृष्ट स्थान हासिल गर्नु असाधारण उपलब्धि भएको उल्लेख गर्दै उनले यसले कलेजलाई गौरवान्वित बनाएको बताए । श्रेष्ठले एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदारका रूपमा बीपीसीले विद्यार्थीलाई गुणस्तरीय व्यावसायिक शिक्षा, दक्ष शैक्षिक मार्गदर्शन र उपयुक्त सिकाइ वातावरण प्रदान गर्दै आएको जानकारी दिए । मघियाको सफलताले अन्य विद्यार्थीलाई पनि उच्च लक्ष्य निर्धारण गरी एसीसीए अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे । बीपीसी द ब्रिटिश कलेजको भगिनी संस्था हो। यो एसीसीएको प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर हो, जुन एसीसीएअन्तर्गत शैक्षिक साझेदारलाई प्रदान गरिने सर्वोच्च मान्यता हो । कलेजले अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त व्यावसायिक योग्यता हासिल गर्न चाहने विद्यार्थीलाई गुणस्तरीय शिक्षा, शैक्षिक सहयोग तथा मार्गदर्शन प्रदान गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली
OthersJust now

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ । ...

अनलाइन खबर
बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए
OthersJust now

बाराक ओबामाले भने– अमेरिकी जनताले एकताका पक्षमा सन्देश दिए

‘आज राति अमेरिकी जनताले एउटा स्पष्ट सन्देश दिएका छन् । उनीहरू मानिसहरूलाई विभाजित गर्ने भन्दा पनि एकजुट बनाउने राजनीति चाहन्छन्,’ ओबामाले भनेका छन् । ...

अनलाइन खबर
बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?
OthersJust now

बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?

के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, हरेक बिहान उठ्दा मुखमा तितोपन महसुस हुन्छ भने त्यसका पछाडि विभिन्न कारण हुन सक्छन्। राति सुत्दा मुखमा र्‍याल उत्पादन कम… ...

अनलाइन खबर
दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी
OthersJust now

दानबहादुर कार्की आईजीपीबाट हटाइए, प्रहरीको नयाँ नेतृत्वमा मनोज केसी

काठमाण्डु- सरकारले एआईजीपी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ। ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play