Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ?

गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ?

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१७ प्रतिशत कम हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा बैंकले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत घटेर ९२ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ९९ करोड ८५ लाख रुपैयाँ थियो। ब्याज खर्च घटे पनि ब्याज आम्दानीमा आएको गिरावटको रकम बढी हुँदा बैंकको मुख्य आम्दानीको स्रोत खुम्चिएको हो। बैंककाे कर्जा तथा अन्य नोक्सानीबापतको इम्पेयरमेन्ट खर्च ३३ करोड ३१ लाख रुपैयाँबाट घटेर २५ करोड ४२ लाख रुपैयाँमा आएको छ। यस्तो खर्च २३.६८ प्रतिशत अर्थात् करिब ७ करोड ८९ लाख रुपैयाँ घटेको हो। बैंकको सञ्चालन नाफा भने ४.३४ प्रतिशत घटेर ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ। The post गरिमा विकास बैंकको नाफा २४ करोड, ईपीएस कति ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ?
ताजा खबरJust now

डा. केसीको २५औं अनशन : किन उठाए गेटाको सिट खारेजीदेखि पदाधिकारी निलम्बनसम्मका माग ?

गेटामा मापदण्डविपरीत चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको भन्दै सिट खारेजी, विश्वविद्यालयका पदाधिकारी निलम्बन र सरकारी मेडिकल कलेज विस्तारसम्मका ६ बुँदे माग राखेर डा. केसी इलाममा अनशनमा छन् । शनिबार राति उनलाई अस्पताल भर्ना गरिएको छ । ...

कान्तिपुर
अझै भेटिएनन् सुरुङ खनेर भागेका ८ कैदीबन्दी, डोल्पा प्रहरीले माग्यो सहयोग
ताजा खबरJust now

अझै भेटिएनन् सुरुङ खनेर भागेका ८ कैदीबन्दी, डोल्पा प्रहरीले माग्यो सहयोग

शुक्रबार राति सुरुङ खनेर डाेल्पा जिल्ला कारागारबाट भागेका आठ जना कैदीबन्दी अझै फेला परेका छैनन्। फरार कैन्दीबन्दी भेट्टाउन नसकेपछि डोल्पा जिल्ला प्रहरी कार्यालयले तस्बिरसहित उनीहरूको नामावली सार्वजनिक गर्दै आम नागरिकसँग सहयोगका लागि अपिल गरेको छ।  डोल्पा जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०८३।०७।१... ...

नेपालखबर
भोलि पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा यातायात बन्द हुने
ताजा खबरJust now

भोलि पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा यातायात बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारी आवागमन बन्द गर्न लागेको जनाएको हो। योजनाका अनुसार कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटारस्थित उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन ...

केन्द्रबिन्दु
विपी राजमार्गको पहिरो पन्छाइँदै
ताजा खबरJust now

विपी राजमार्गको पहिरो पन्छाइँदै

• काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ गिम्दीबेँसीमा बिपी राजमार्ग अवरुद्ध भएको थियो। • आइतबार बिहान पहिरो पन्छाएर सडक खुलाइँदै छ। • सडकको मर्मत कार्यमा स्थानीय प्रशासन सक्रिय रहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play