भोलि पृथ्वी राजमार्गको मझिमटारमा तीन घण्टा यातायात बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सवारी आवागमन बन्द गर्न लागेको जनाएको हो। योजनाका अनुसार कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटारस्थित उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सवारी आवागमन बन्द गर्न लागिएको कार्यालयले जनाएको छ। कार्यालयले उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा गर्दा ट्राफिक नियम र सडक अनुशासन पालना गर्न चालक तथा यात्रुलाई आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





