काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आगामी दुई वर्षका लागि नेपाल प्रिमियर लिग (एनपिएल) बाहेकका विभिन्न क्रिकेट प्रतियोगिता तथा कार्यक्रमहरूको विशेष टिकट बिक्री अधिकार प्रदान गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ । क्यानले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियामार्फत् योग्य तथा इच्छुक बोलपत्रदाताबाट प्रस्ताव माग गरेको हो । बोलपत्र प्रक्रिया ‘सिंगल स्टेज सिंगल इनभेलप’ विधिबाट अघि बढाइने क्यानले जनाएको छ । बोलपत्रसम्बन्धी विस्तृत जानकारी तथा आवश्यक निरीक्षणका लागि इच्छुक बोलपत्रदाताले क्यानको मूलपानीस्थित कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । बोलपत्र कागजातको पूर्ण सेट प्राप्त गर्न योग्य बोलपत्रदाताले ३० नोभेम्बर २०२६ भित्र नियमित कार्यालय समयमा मूलपानीस्थित क्यानको कार्यालयमा लिखित आवेदन पेश गर्नुपर्नेछ । त्यस्तै, इच्छुक बोलपत्रदाताले क्यानको आधिकारिक वेबसाइटबाट समेत बोलपत्रसम्बन्धी कागजात विद्युतीय माध्यमबाट डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ । यस प्रक्रियामार्फत् एनपिएलबाहेकका क्रिकेट गतिविधिको टिकट बिक्री व्यवस्थापनका लागि योग्य व्यावसायिक साझेदार छनोट गर्ने क्यानको योजना रहेको छ ।
क्यानद्वारा क्रिकेट प्रतियोगिताको टिकट बिक्री अधिकारका लागि बोलपत्र आह्वान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






