कोप–३१ मा जलवायु न्याय र हिमाली मुद्दा उठाउने नेपालको तयारी

काठमाडौं।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने भएको छ। राष्ट्रिय जलवायु शिखर सम्मेलन–२०२६ लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली जोखिममा पर्दै गएको भन्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले हिमालको संरक्षणलाई साझा विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै हिमाली क्षेत्रको स्थिरता लाखौं मानिसको जल, खाद्य, ऊर्जा र आर्थिक सुरक्षासँग जोडिएको बताए। मन्त्री खनालका अनुसार नेपालले कोप–३१ मा हिमाली मुद्दासम्बन्धी उच्चस्तरीय संवाद, छुट्टै पर्वतीय कार्ययोजना तथा विश्वव्यापी जलवायु नीतिमा पर्वतीय क्षेत्रका जोखिम समावेश गर्न पैरवी गर्नेछ। पेरिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य हिमाली मुलुकका लागि विशेष महत्त्वपूर्ण रहेको उनको भनाइ छ। जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न नेपालले पर्याप्त वित्तीय स्रोत, सरल पहुँच प्रक्रिया र विपद् प्रभावित मुलुकलाई समयमै सहायता उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको पनि उनले बताए। उनले क्षति तथा नोक्सानीसम्बन्धी कोषबाट नेपालका लागि अस्थायी रूपमा २ करोड १६ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय जलवायु सहकार्यको महत्त्वपूर्ण उपलब्धि बताए। उक्त रकममध्ये २ करोड डलर पुनःस्थापना तथा पुनर्निर्माण र १६ लाख डलर अनुगमन तथा सुपरीवेक्षण शुल्कका लागि छुट्याइएको उनले जानकारी दिए। नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायुजन्य क्षति र जोखिम बढ्दै गएको उल्लेख गर्दै मन्त्री खनालले अनुदानमा आधारित, पूर्वानुमानयोग्य र राष्ट्रिय प्राथमिकताअनुरूपको जलवायु वित्त आवश्यक रहेको बताए। नेपालले सन् २०२४ को अन्तर्राष्ट्रिय विज्ञ संवाद र सन् २०२५ को सगरमाथा संवादमार्फत हिमाली मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाएको स्मरण गर्दै उनले सन् २०२७ मा हुने आगामी सगरमाथा संवादमार्फत पनि यसलाई निरन्तरता दिइने बताए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विवाद हटेसँगै बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो, मन्त्री भन्छन्– २ महिनाभित्रै कालोपत्रे गर्छौँ
लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक निर्माण कार्य पुनः सुरु भएको जानकारी दिँदै आगामी दुई महिनाभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन्। सडकको सेन्टरलाइन र इन्टरसेक्सन (चोक) सम्बन्धी विवादका कारण निर्माण कार्य रोकिएको ... ...

बागमतीमा असोज महिनामा सवारी दुर्घटनामा २१ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा असोज महिनामा एक १६३ वटा सडक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । प्रदेशका १० जिल्लामा गत महिनामा भएको घटनामा परेर २८५ जना घाइते भएका... ...

सेयर बजारमा लगातार दोस्रो दिन उच्च वृद्धि, नेप्से २६९५ विन्दुमाथि
काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ । यसअघि बुधबार पनि नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । बिहीबार बजार परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको ...

दूधे रङ्गशालामा दुई हजार दर्शक क्षमताको अस्यायी प्यारापिट जडान
झापा। शिवसताक्षीस्थित दूधे रङ्गशालामा हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई दृष्टिगत गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट जडान गरिएको छ । मैदानको पूर्वतर्फ जडान गरिएको सो प्यारापिट दुई हजार... ...


