सेयर बजारमा लगातार दोस्रो दिन उच्च वृद्धि, नेप्से २६९५ विन्दुमाथि

काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो दिन उच्च अंकको वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ । यसअघि बुधबार पनि नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको थियो । बुधबार ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । बिहीबार बजार परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । यस दिन ४५० वटा कम्पनी तथा धितोपत्रका स्क्रिप्सको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा बेनी हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । बुधबार पनि उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो । त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ । नेपाल पुनर्बिमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआईसी एसिया बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले वृद्धि भएको छ । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको २५ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँ तथा कुमारी बैंक र ग्रीन भेन्चर्सको समान २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये १८१ वटाको मूल्य बढेको छ भने ९१ वटाको मूल्य घटेको छ । बाँकी ६ वटाको मूल्य स्थिर रहेको छ । बजारमा देखिएको वृद्धिसँगै कारोबारमा रहेका १३ वटै समूहका उपसूचक सकारात्मक भएका छन् । बैंकिङ, होटल तथा पर्यटन र अन्य समूहका उपसूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

एडीबीएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने
कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन्। यस सुविधामार्फत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा घरमै बसी नवीकरण गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सहज र झन्झटरहित रूपमा आफ्ना सेवाहर... ...

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार, प्रहरीले समात्यो धनुषाका २८ वर्षीय युवा
काठमाडौं । दुई अर्ब रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ का २८ वर्षीय सुनिलकुमार... ...

फूलको कारोबार १६ प्रतिशतले बढ्यो, आयात रोकेर निर्यात बढाउन चुनौती
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । फ्लोरिकल्चर एसोसिएसन ...

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने
अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्कालीन सहायताका अतिरिक्त हो । ...


