Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कुमारीको हातबाट टीका

कुमारीको हातबाट टीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुमारीको हातबाट टीका

भक्तपुर।विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए। त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका लगाएपछि सर्वसाधारणका लागि खुला गरिएको टीका ग्रहणको काम सुरु भएको तलेजुका पूर्व मुल नाइके जोशीले बताए। एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको उनले जानकारी दिए। फूलपातीको दिन तलजुलाई देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैंघरमा भित्र्याइएको थियो। राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरुले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक आज देवगृहमा भित्र्याएका जोशीले जानकारी दिए। भक्तपुरस्थित तलेजु यात्राका क्रममा १९ जना पुजारीले परम्परागत रुपमा लगाइँदैआएको जामा, पगरी, भोटो, खास्टोसहितको वस्त्र धारण गरी देवीदेवतालाई दसैँघरमा भित्र्याएका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी गर्दै इन्जिनियकुमार लामिछाने
ताजा खबरJust now

गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी गर्दै इन्जिनियकुमार लामिछाने

काठमाडौँ – मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोेरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका हुन् । गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी ...

केन्द्रबिन्दु
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ताजा खबरJust now

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको […] ...

लोकपथ
ट्रम्पद्वारा ले पेनको प्रशंसा
ताजा खबरJust now

ट्रम्पद्वारा ले पेनको प्रशंसा

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन्। तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले... ...

रातोपाटी
लक्ष्य र रुचिलाई पन्छाउँदै नियतिले साधुकै भविष्यवाणी अनुसार यहाँसम्म डोर्‍यायो
ताजा खबरJust now

लक्ष्य र रुचिलाई पन्छाउँदै नियतिले साधुकै भविष्यवाणी अनुसार यहाँसम्म डोर्‍यायो

काठमाडौँ । गुल्मीको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका अधिवक्ता ओमप्रकाश अर्यालको बाल्यकाल पहाडी गाउँको उकाली–ओरालीसँगै बित्यो । गाउँमा प्राथमिक शिक्षामात्र उपलब्ध भएकाले माध्यमिक तह अध्ययन गर्न उनी दैनिक कम्तीमा एक घण्टा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play