Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी गर्दै इन्जिनियकुमार लामिछाने

गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी गर्दै इन्जिनियकुमार लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी गर्दै इन्जिनियकुमार लामिछाने

काठमाडौँ – मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोेरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका हुन् । गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएका छन् । उनले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् । “इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनी भन्छन् । इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान ९डिडिसी० र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उहाँले जानकारी दिए । लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ । उनको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उनले बताए । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए
ताजा खबरJust now

विदेशी पर्यटकले सौराहामा लगाए दशैंको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए

चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै दशैंको खुसी साटासाट गरेका हुन्। सौराहाका होटलहरूले विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिसँग जोड्ने प्रयास गरेका छन्। होटल ग्रिन पार्ककी प्रबन्धक राधा श्रेष्ठ, होटल पार्क साइडकी सावित्रा परियार, ...

हिमालय टाइम्स
कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ताजा खबरJust now

कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

एकान्त कुमारी लुनिभाको हातबाट टीका स्थानीय भक्तजन एवं आमसर्वसाधारणले टीका ग्रहण गरेपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँ घरबाट मूलचोक दक्षिण देवगृहमा भित्र्याइएको छ । ...

कान्तिपुर
नेपालका लागि सार्कको ठाउँ बिमस्टेकले लिन सक्ला ?
ताजा खबरJust now

नेपालका लागि सार्कको ठाउँ बिमस्टेकले लिन सक्ला ?

काठमाडौँ । १२ वर्षपछि खोलो पनि फर्किन्छ भन्छन्, तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन भएको १२ वर्ष भइसक्दा पनि अर्को सम्मेलन हुन सकेको छैन । २०१४ नोभेम्बरमा नेपालमा... ...

रातोपाटी
बारामा नहरमा एक पुरुष मृत अवस्थामा फेला
ताजा खबरJust now

बारामा नहरमा एक पुरुष मृत अवस्थामा फेला

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर स्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरका ५६ वर्षीय हरिनारायण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । २०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे मृतकका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि नहरबाट निकालेर डिलमा राखेका थिए । त्यसपछि बिहान ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play