बारामा नहरमा एक पुरुष मृत अवस्थामा फेला

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुर स्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुरका ५६ वर्षीय हरिनारायण सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । २०८३ कात्तिक ४ गते बिहान करिब ६ बजे मृतकका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि नहरबाट निकालेर डिलमा राखेका थिए । त्यसपछि बिहान सवा ६ बजे इलाका प्रहरी कार्यालय जितपुरमा घटनाबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो । सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार उमेश निरौलाको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटाइएको उहाँले बताउनुभयो ।घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा पाँच जनाको टोली समेत खटिएको थियो। प्रहरीले बिहान सवा ८ बजे प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारामा पठाएको थियो । पोस्टमार्टम पछि बिहान साढे ११ बजे मृतकका छोरा विनय सहनीले शव बुझिलिएको उहाँले जानकारी दिनुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व... ...

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको ...

फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित
फ्रान्सका प्रमुख सहरमा भएका दंगापछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा लम्बिए पर्यटकको आगमन, होटल बुकिङ र पर्यटनबाट हुने आम्दानीमा गिरावट आउन सक्ने व्यवसायीहरूको चेतावनी छ । ...

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
रसुवा। यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका ...

