कास्की प्रहरीको सक्रियताः असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

काठमाडौँ। प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। प्रतिवादीहरूबाट कूल १२ वर्ष छ महिना आठ दिन कैद र रु १६ लाख ६६ हजार ९७२ बिगो असुलउपर भएको उनको भनाइ छ। चेक अनादर, बिगो लेनदेन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ। गत भदौ महिनामा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए। कार्यालयले गत महिना चालु मुद्दामा ११२ जनालाई पक्राउ गरिएको जनाएको छ। असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका सात, आर्थिक अपराधका २४ र अन्य अपराधसँग सम्बन्धित १०३ मुद्दा दर्ता भएका छन्। सोही अवधिमा सामाजिक हिंसाका ६९ वडा ठाडो उजुरी परेको प्रहरीले जनाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
काठमाडाैँ। अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्याएकाे आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्। उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ। राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सीका वरिष्ठ अधिकारी आतिफ अमीरका अनुसार अकरमलाई एक सातासम्म खोजी गरेपछि मङ्गलबार पक्राउ गरिएको हो। उनले सन् २०२३ अगस्टदेखि सन् २०२६ सेप्टेम्बरसम्म ‘लेबल्सब्याङ्क ...

दसैँमा जमरा पनि बिक्रीमा, स्वयम्भूमा किन्नेको चहलपहल
काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ । आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ । जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ । त्यसैले पनि दसैँमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल ...

विदेशी पर्यटकले लगाए दसैँको टीका र जमरा, नेपाली संस्कृतिमा रमाए (तस्बिरहरू)
चितवन । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादसैँ मनाएका छन्। नेपाली कला, संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाएका उनीहरूले विभिन्न होटलमा टीका र जमरा लगाउँदै... ...
![विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]](https://hamrakura.com/uploads/news/images/dasai-paryatak.jpg)
विदेशी पर्यटकले सौराहामा लगाए दशैँको टीका र जमरा [भिडियो]
सौराहा घुम्न आएका विदेशी पर्यटकले नेपालीसँगै बडादशैं मनाएका छन्। ...


