Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा

कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक ८ देखि मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा, २३ दिनमा देश परिक्रमा

काठमाडौँ । वैदिक सनातन धर्मको प्रचार, आध्यात्मिक चेतना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कात्तिक ८ देखि ३० गतेसम्म मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३ आयोजना हुने भएको छ। मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पमा आयोजना हुने रथयात्राले देशका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्ने आयोजकले जनाएको छ। मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले मुक्तिनाथ, कालीगण्डकी र मुक्तिक्षेत्रको धार्मिक महत्त्व प्रचार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, सनातन संस्कृतिको संरक्षण र राष्ट्रिय एकताको भावना बलियो बनाउन सहयोग पुग्नेछ। कार्यतालिकाअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा जोमसोम, गलेश्वर र बेनी हुँदै बागलुङ, पर्वत र पोखरा पुग्नेछ। त्यसपछि काठमाडौँ उपत्यका हुँदै सिन्धुली, उदयपुर, चतराधाम, धरान, विराटनगर, झापा र जनकपुरधामलगायतका क्षेत्रको यात्रा गर्नेछ। रथयात्रा मधेश प्रदेशका विभिन्न स्थान हुँदै हेटौँडा, चितवन, नवलपरासी, बुटवल, नेपालगञ्ज, महेन्द्रनगर, धनगढी, सुर्खेत र दाङ पुग्नेछ। अन्तिम दिन कात्तिक ३० गते भैरहवा र परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिनेछ। रथयात्राको समापनपछि त्रिवेणीधाममा मङ्सिर १ देखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना गर्ने कार्यक्रम रहेको छ। आयोजकका अनुसार रथयात्राले धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारसँगै विभिन्न क्षेत्रका धार्मिक संस्थाबीच सहकार्य र तीर्थस्थलबीचको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
ताजा खबरJust now

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

कर्पोरट खबर
अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
ताजा खबरJust now

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस

दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...

कान्तिपुर
नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
ताजा खबरJust now

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै

काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play