काठमाडौंमाथि जनकपुरको सानदार जित, मोइन अलीको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । टियु स्टेडियममा आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि जनकपुरको ८ विकेटको रवाफिलो जित निकालेको हो । ११६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेट्यायो । यो जनकपुरको दोस्रो खेलमा पहिलो जित हो । यसअघि पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । यता पहिलो खेल खेलिरहेको काठमाडौंका लागि भने सुरुवात सुखद् रहेन । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौंले १९.३ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सकेकाे थियाे । जनकपुरका बलरहरूको घातक बलिङसामु काठमाडौंका ब्याटरहरू लामो समय टिकेर खेल्न सकेनन्। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रनको योगदान दिए भने रसिद खानले १७ रन र ओपनर स्मित पटेलले १३ रन जोडे। सुमित महर्जनले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरूले दोहोरो अङ्कको स्कोर छुन सकेनन्। बलिङतर्फ जनकपुरका राहुल यादवले अत्यन्तै उत्कृष्ट र घातक बलिङ गर्दै ४ महत्वपूर्ण विकेट लिएका छन्। त्यसैगरी सैफ हसनले २ विकेट हात पारेका छन् भने कप्तान हर्मित सिंह, मोइन अली र ललित राजवंशीले समान १/१ विकेट लिएका छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कर्णालीविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। बिहीबार अपराह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। एनपीएलमा कर्णाली लगातार दोस्रो जितको खोजीमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो। विराटनगर भने ... ...

किसानलाई धान भित्र्याउने चटारो
• दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ वेत्रावतीका किसानले धान पराल स्याहार्दैछन्। • मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने जानकारी दिएपछि किसानहरू धान भित्र्याउन चटारोमा छन्। • किसानहरूको चिन्ता धान भिज्ने भयका कारणले बढेको छ। ...

नेपाल टेलिकमले ल्यायो एनपीएल अनलिमिटेड प्याकेज
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित गरी ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताहरुले रु. ५९९ मा उक्त प्याकेज खरिद गर्न सक्नुहुनेछ। यस अन्तर्गत ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिने छ भने प्रतिदिन ८ जीबी डाटा उपलब्ध हुनेछ। आज... ...

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। जग्गा पहिचान गरिसकेकोले छिट्टै पुनस्थापनाको काम अगाडी बढाउने उनले बताए । विपद् ...


