Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल

10/29/2026, 4:44:06 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागी आवश्यक जग्गा पहिचान गर्ने काम सकिएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्। जग्गा पहिचान गरिसकेकोले छिट्टै पुनस्थापनाको काम अगाडी बढाउने उनले बताए । विपद् प्रभावितलाई गर्न पुनःस्थापना उपयुक्त जग्गा पहिचानका लागि नापी विभागका महानिर्देशकको अध्यक्षतामा गठित समितिले आवश्यक जग्गा पहिचान गरेको उनको भनाइ छ । प्रभावित नागरिकलाई आफ्नो पुरानो बसोवास क्षेत्रबाट टाढा स्थानान्तरण गर्दा पुनःस्थापनामा समस्या हुन सक्ने भएकाले सम्भव भएसम्म प्रभावित क्षेत्रनजिकै उपयुक्त जग्गा पहिचान गरिएको उनले बताए । पहिचान भएका जग्गामा बस्ती विकास तथा पुनःस्थापनाको काम भने पूर्वाधार विकास मन्त्रालयले गर्ने उनले जानकारी दिए । पुनःस्थापनाका लागि आवश्यक निजी जग्गा खरिद तथा जग्गा अधिग्रहण प्रक्रियामा सहजीकरण गर्न कानूनी संशोधनबारे छलफल भइरहेको पनि उनले बताए । हाल जग्गा अधिग्रहणको प्रक्रिया लामो हुने गरेको गुनासो सम्बोधन गर्न कानूनी व्यवस्था सहज बनाउने विषयमा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । जिल्ला समन्वय समितिको भुमिकालाई थप प्रभावकारी बनाउने तथा भू–उपयोग योजनामार्फत जोखिमयुक्त क्षेत्रमा बस्ती विकासलाई व्यवस्थित गर्ने विषयमा पनि मन्त्रालयले काम गरिरहेको उनले जानकारी दिए । उनले भने, “जग्गा पहिचान गर्नको लागि मन्त्रालयको अन्तर्गतको नापी विभाग छ, नापी विभागको महानिर्देशकको अध्यक्षतामा एउटा समिति पनि गठन गरेका थियौँ, त्यो समितिले जग्गा पहिचानको काम गरिसकेको छ । हामीले सकेसम्म जहाँ प्रभावित छन्, त्यहीँ नजिकै स्थानान्तरण गर्ने तयारी गरेका छौँ, टाढा व्यक्तिहरू गएर बस्न सक्दैनन् । हामीले घर बनाइदिउँ भने पनि गएर बस्दा रहेनछन्, हाम्रो अन्यत्र जिल्लाहरूमा त्यो अनुभव भयो । जग्गाहरू पहिचान गर्ने काम मन्त्रालयले ग¥यो, पहिचान गरेको जग्गामा अब कहाँनेर उपयुक्त हुन्छ भनेर वस्ती बसाउने काम पुवाधार विकास मन्त्रालयले गर्छ । उपयुक्त स्थानमा यो बस्ती बसाउने कामहरू छिट्टै शुरु हुन्छ ।” उनले भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बाट भएको क्षतिको वडागत विवरण संसदीय विशेष समितिलाई उपलब्ध गराउने पनि जानकारी दिए । समितिले मन्त्रालयसँग वडागत क्षतिको विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो । सचिव भुजेलले प्रभावित क्षेत्रको क्षतिको विवरण, पुनःस्थापना लागी स्थानीय तह तथा अन्य मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिए ।उनले भोटेकोशी बाढीबाट १६ वटा सहकारी संस्था प्रभावित भएको बताए । ती संस्थाको पुनरुत्थानका लागि एशियाली ऋण सहयोगसम्बन्धी संस्थाबाट सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । उक्त सहयोगका लागि अर्थ मन्त्रालयको सहमति आवश्यक रहेकाले सहमतिपछि प्रभावित सहकारीको पुनरुत्थानमा सहयोग प्राप्त हुने उनले बताए । उनले ज्यान गुमाएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता
ताजा खबरJust now

रास्वपा सभापति लामिछाने र सभामुख अर्यालबीच एक घण्टा भेटवार्ता

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। लामिछाने सभामुख अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। सभामुखको सचिवालयका अनुसार भेटमा प्रतिनिधिसभा र समसामयिक विषयमा छलफल भएको थियो। भेटवार्ता करिब एक घण्टा चलेको बताइएको छ। यसअघि बुधबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुढानीलकण्ठमा लामो भेटवार्ता भएको […] ...

काठमाण्डुपाटी
केन्टको आधुनिक इलेक्ट्रिक वाटर हिटर
ताजा खबरJust now

केन्टको आधुनिक इलेक्ट्रिक वाटर हिटर

केन्टले आफ्ना विभिन्न मोडेलका इलेक्ट्रिक वाटर हिटरमार्फत उपभोक्तालाई नवीन प्रविधि, प्रभावकारी कार्यक्षमता र सुरक्षाको संयोजन प्रदान गर्दै पोलार, थर्मोक्यू र हिटवेभ सिरिजका वाटर हिटरहरू बजारमा ल्याएको छ। यी वाटर हिटरहरू घरपरिवारको दैनिक आवश्यकताअनुरूप डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार जाडो मौसममा नुहाउन, भान्सामा प्रयोग गर्न तथा दैनिक घरायसी कामका ... ...

नेपालखबर
अमेरिकी कार्यवाहक राजदूत र प्रधान सेनापतिबिच भेटवार्ता
ताजा खबरJust now

अमेरिकी कार्यवाहक राजदूत र प्रधान सेनापतिबिच भेटवार्ता

काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बिहीबार नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल–अमेरिका साझेदारी, गत अगस्टमा आएको विनाशकारी बाढीपछि नेपालको पुनर्स्थापना तथा... ...

रातोपाटी
दाङमा खोलामा डुबेर एक जनाको मृत्यु
ताजा खबरJust now

दाङमा खोलामा डुबेर एक जनाको मृत्यु

घोराही । यहाँस्थित कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ श्रीकृष्ण टोल निवासी ३९ वर्षीय रमेश विष्ट रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play