काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। गएराति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको छ। महमद जसिमलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए । ठाकुरलाई थप उपचारका लागि त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘राइनो दौड प्रतियोगिता यही कात्तिक १४ आयोजना हुँदै
चितवन । राइनो क्लब, नारायणगढले यही कात्तिक १४ मा ‘राइनो दौड प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ । पाँच किलोमिटर दूरीको दौड गैँडाकोटस्थित जयश्री पुलबाट सुरु भई नारायणगढको लीलाचोकमा पुगेर समापन... ...

दसैँले गाउँबस्तीमा बढायो रौनक
भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, ...

बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते
जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सबैलाबाट धनुषाधामतर्फ... ...

बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ
बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। २०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि अन्सारीले गोली प्रहार गरेका थिए। घटनापछि उनी भारततर्फ ...


