Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ

बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुटवलमा महिलामाथि गोली प्रहार गरी फरार भारतीय नागरिक पक्राउ

बुटवल । गोली प्रहार गरी महिलाको हत्या प्रयास गरेर फरार रहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय सितारे आलम अन्सारी रहेका छन्। २०८२ वैशाख ६ गते पाल्पाको रैनादेवी गाउँपालिका–३, बम्घा घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा नास्ता पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया विपना भन्ने टिका बिष्ट क्षेत्रीमाथि अन्सारीले गोली प्रहार गरेका थिए। घटनापछि उनी भारततर्फ फरार भई लुकिछिपी बस्दै आएका थिए। अन्सारी नेपाल प्रवेश गरी नवलपरासीमा रहेको विशेष सूचनाका आधारमा २०८३ कात्तिक १ गते दिउँसो अन्दाजी १५:०० बजे नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, विलासपुरबाट उनलाई पक्राउ गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अन्सारीको साथबाट यूपी ५६ एएच ०५१६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका अन्सारीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान
ताजा खबरJust now

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली ...

केन्द्रबिन्दु
होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’
ताजा खबरJust now

होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेयता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानको पट्यारलाग्दो बसाइँकै बिच महिलाहरूको महान् चाड तीज आयो र गयो। हातमा चुरासम्म लगाउन... ...

रातोपाटी
झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी
ताजा खबरJust now

झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी

मादक पदार्थको लत छुटाउन सुधार केन्द्रमा भर्ना गरिएका इलामका एक युवकको दुई दिनमै मृत्यु भएपछि परिवारले कुटपिट र लापरवाहीको आरोप लगाउँदै केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। ...

कान्तिपुर
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
ताजा खबरJust now

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने

नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play