दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ । घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने वातावरण बनेको छ । भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ । घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ । दसैँका अवसरमा आयोजना हुने खेलकुदलगायत विभिन्न प्रतियोगिताले पनि गाउँघरमा उत्साह थप्ने गरेको छ । वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भएर सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने तयारीमा जुटेका छन् । विशेषगरी रोजगारीका लागि जिल्ला बाहिर तथा अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन् । दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल तथा पूजासामग्रीका पसलमा ग्राहकको आवागमन बढेको छ । सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्व लक्षित व्यापारिक गतिविधि बढेको छ । दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सहयोग पु¥याउने गरेको छ । गाउँघरमा उत्पादन गरिएका खसीबोका, कुखुरा, तरकारी तथा फलफूलको माग बढ्दा किसानलाई आफ्नो उत्पादन बिक्री गर्ने अवसर मिल्ने टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टले बताउनुभयो । चाडपर्वका बेला स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उहाँको भनाइ छ । दसैँका अवसरमा जिल्लाका विभिन्न शक्तिपीठ तथा धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ । पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ । आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दसैँले पुराना पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दशैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँमा मौसमले कस्तो साथ देला ? यस्तो छ तीन दिनको पूर्वानुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशका केही हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विभागले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान अनुसार आज (२०८३ कात्तिक २ गते, सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली ...

होल्डिङ सेन्टरमा दसैँ खल्लो, सुकुमबासीको प्रश्न : ‘मन्त्रीज्यू, जग्गा कहिले दिने, हामी मरिसकेपछि ?’
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ गतेयता होल्डिङ सेन्टरमा छिन्। अस्थायी बासस्थानको पट्यारलाग्दो बसाइँकै बिच महिलाहरूको महान् चाड तीज आयो र गयो। हातमा चुरासम्म लगाउन... ...

झापाको सुधार केन्द्रमा युवकको मृत्यु, सञ्चालकविरुद्ध किटानी जाहेरी
मादक पदार्थको लत छुटाउन सुधार केन्द्रमा भर्ना गरिएका इलामका एक युवकको दुई दिनमै मृत्यु भएपछि परिवारले कुटपिट र लापरवाहीको आरोप लगाउँदै केन्द्रका सञ्चालकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। ...

प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने
नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो । ...


