कस्तो रहनेछ आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पशुमा देखिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा, फ्रान्समा एक जनाको मृत्यु
फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ। डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ। शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। ...

नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय ...

नेकपाका समितिलाई निर्देशन : सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू
सामाजिक सञ्जाल व्यवस्थापनबारे नेकपाले भनेको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ ।’ ...

सप्तरीमा सामूहिक बला*त्कारमा संलग्न भएको आरोपमा ३ युवा पक्राउ
७ कात्तिक, सप्तरी । सप्तरीको सुरूङ्गा नगरपालिका-९ टिकुलियामा एक २५ वर्षीय दलित महिलामाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकको खोजी गरिरहेको छ। सिरहा जिल्ला घर भएकी ती महिला विजयादशमी मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी… ...


