नेकपाको राष्ट्रिय जागरण अभियान आजदेखि

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ः३० बजे पत्रकार सम्मेलनमार्फत अभियान उद्घाटन गरिनेछ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । गत असोज २३ गते बसेको केन्द्रीय संयोजन समितिको बैठकले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानमा पार्टी संगठन सुदृढीकरण, सदस्यता नवीकरण, संगठन समायोजन तथा जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकता दिइनेछ । साथै, बैठक, भेला, प्रशिक्षण, जनसेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । महँगी, भ्रष्टाचार, बेरोजगारी, कालोबजारीलगायत जनजीविकाका समस्या उठाउँदै केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ । पार्टीले आगामी स्थानीय तह निर्वाचनअघि वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । ...

कर्णालीका आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर, नागरिकलाई सास्ती
७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीसम्म सास्ती भोग्नुपरेको छ। भौगोलिक विकटता, नदीमा पुल नबन्नु र निर्माणाधीन सडकको सुस्त गतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ। सडक नहुँदा मानिस र खच्चडबाट खाद्यान्नलगायत सामग्री… ...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
७ कात्तिक, कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका… ...

प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?
७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी… ...


