Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पशुमा देखिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा, फ्रान्समा एक जनाको मृत्यु

पशुमा देखिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा, फ्रान्समा एक जनाको मृत्यु

10/24/2026, 9:03:49 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पशुमा देखिने शामोन्डा भाइरस पहिलोपटक मानिसमा, फ्रान्समा एक जनाको मृत्यु

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको मृत्यु भएको भए पनि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म यो एकल घटना रहेको र सर्वसाधारणमा व्यापक जोखिम नदेखिएको जनाएको छ। डब्ल्यूएचओले फ्रान्सेली अधिकारीहरूसँग सम्पर्कमा रहेर घटनाको नजिकबाट निगरानी गरिरहेको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएपछि अद्यावधिक विवरण सार्वजनिक गर्ने सङ्गठनले बताएको छ। शामोन्डा भाइरस मुख्यतः गाईवस्तुमा देखिने भाइरस हो। डब्ल्यूएचओका अनुसार यो भाइरस पहिलोपटक सन् १९६५ मा नाइजेरियामा गाईवस्तुमा पहिचान गरिएको थियो। गाईबाहेक भेडा, बाख्रा, घोडा र अल्पाकामा समेत यसको सङ्क्रमण देखिएको छ। विश्व पशु स्वास्थ्य सङ्गठन (डब्ल्यूओएएच) का अनुसार सङ्क्रमित जनावरमा ज्वरो आउने, पखाला लाग्ने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिन सक्छन्। यसले जन्मिने बाच्छाबाच्छीमा जन्मजात असामान्यता पनि निम्त्याउन सक्छ। यसअघि शामोन्डा भाइरसका अधिकांश घटना अफ्रिका र जापानमा देखिएका थिए। सन् २०२६ को गर्मीयाममा जर्मनीको दक्षिणी क्षेत्र र स्विट्जरल्यान्डका गाईवस्तुमा यो भाइरस पहिचान भएपछि युरोपमा पनि यसको उपस्थिति देखिएको हो। त्यसपछि अस्ट्रिया, बेल्जियम र फ्रान्सका जनावरमा समेत सङ्क्रमण भेटिएको छ। कसरी सर्छ भाइरस?यो भाइरस मुख्यतः कुलिकोइडिस नामक सानो उड्ने किराको टोकाइबाट जनावरमा सर्छ। यो किरा झिँगाजस्तै देखिन्छ। भाइरसको सङ्क्रमण फैलाउने किराको ठ्याक्कै प्रजाति पहिचान गर्न थप अध्ययन आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ। सामान्य अवस्थामा एउटा जनावरबाट अर्को जनावरमा यो भाइरस सर्ने गरेको प्रमाण छैन। तर, सङ्क्रमित गर्भवती जनावरबाट गर्भमा रहेको भ्रूणमा भने सङ्क्रमण सर्न सक्छ। शामोन्डा भाइरस अर्थोबुन्याभाइरस समूहमा पर्ने भाइरस हो। यो समूहका भाइरसको प्रकोप किराको मौसमी गतिविधिअनुसार चक्रमा देखिन सक्ने विश्व पशु स्वास्थ्य सङ्गठनले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
OthersJust now

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र समृद्ध चितवन अभियानको आयोजनामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमका संयोजक एवं गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । ...

पर्दाफास
कर्णालीका आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर, नागरिकलाई सास्ती
OthersJust now

कर्णालीका आठ स्थानीय तह अझै सडक सञ्जालबाहिर, नागरिकलाई सास्ती

७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका आठ स्थानीय तहका केन्द्रसम्म अझै मोटर गुड्ने सडक पुगेको छैन। सडक नहुँदा नागरिकले सामान्य प्रशासनिक कामदेखि स्वास्थ्य उपचार र खाद्यान्न ढुवानीसम्म सास्ती भोग्नुपरेको छ। भौगोलिक विकटता, नदीमा पुल नबन्नु र निर्माणाधीन सडकको सुस्त गतिका कारण दुर्गम बस्तीका नागरिकको दैनिकी कष्टकर बनेको छ। सडक नहुँदा मानिस र खच्चडबाट खाद्यान्नलगायत सामग्री… ...

अनलाइन खबर
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
OthersJust now

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

७ कात्तिक, कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका… ...

अनलाइन खबर
प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?
OthersJust now

प्रवासमा कसरी सञ्चालन हुन्छ नेकपाको जागरण अभियान ?

७ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सन्चालन गर्दैछ । यस अभियानमा प्रवासलाई पनि समेट्ने नेकपाको योजना छ । नेकपाले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा प्रवासमा ‘सम्बन्धित देशको कानुन र स्थानीय परिस्थिति अनुकूल’ कार्यक्रम सञ्चालन हुने उल्लेख छ । नेकपाका अनुसार प्रवास प्रदेशमा रहेका पार्टी… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play