कर्णाली याक्सबाट खेल्न मार्क वाट नेपालमा

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध हुनुभएका मार्क वाट नेपाल आइपुग्नुभएको छ । आइतबार बिहान उहाँ तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको हो । उहाँलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय वाटले स्कटल्याण्डका लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिनुभएको छ । त्यस्तै ३२१ रन बनाउनुभएको छ । समग्रमा उहाँले टी-२० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाउनुभएको छ । दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेल्नुभएका वाटले ११४ रन बनाउनुभएको थियो । उहाँले मात्र ४१ बलमा कीर्तिमानी शतक प्रहार गर्नुभएको थियो । उहाँ आन्द्रेस गौसपछि एनपिएलमा शतक बनाउने दोस्रो खेलाडीसमेत हुनुहुन्छ । कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलरसँगै पाकिस्तान टी-२० टिमका कप्तान साहिवजादा फर्हान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्ध गरेको छ । यस्तै, कर्णालीले घरेलु खेलाडीका रूपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउण्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिशविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

असोज महिनामा छ अर्बको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको ...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली
तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक... ...

टेलिकमको सस्तो नेटमा आकर्षण
काठमाडौं । नेपाल टेलिकमले हालै एफटिटिएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । जसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र त्यसमा धेरै चाप परेका कारण हाल यसको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले उक्त नम्बरमा कल गरेर ...

जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्यका लागि सम्झौता गरेको छ । एनपिएल क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल ...


