औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो । प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ । ‘लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिणामको लागूऔषध फेला पर्यो । औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ‘ प्रनाउ पासवानले भने। पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि औषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाट लागूऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बाल्यकालको स्वाद बन्यो व्यवसायको बाटो
कुनै समय कुस्तीको मैदानमा जितका लागि भिड्ने उनी अहिले मौरीसँगै नयाँ संघर्ष गरिरहेका छन् । ...

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?
नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र झन्झट रहित सेवा प्रवाह गर्न नेपाली फिल्मको लाइब्रेरी बलियो ...

स्मित पटेलले काठमान्डु गोर्खाजबाट खेल्ने
७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो । अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् । हाल अमेरिकी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका स्मित टप अर्डर ब्याटर हुन् । उनले त्रिवि क्रिकेट मैदानमा पनि खेलेका छन् । पटेलले टी-२०आई मा २ खेल खेल्दा… ...

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन
शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान ...


