Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

10/24/2026, 11:38:20 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ । प्रवासमा रहेका दर्शकलाई सरल र झन्झट रहित सेवा प्रवाह गर्न नेपाली फिल्मको लाइब्रेरी बलियो बनाउन लागिएको डिगोले जनाएको छ । डिगोका अनुसार ग्राहकले लिएको एउटा सब्स्क्रिप्सनमार्फत एपमा उपलब्ध सबै फिल्म, लाइभ स्पोट्र्स, रियालिटी शोसँगै जिओहटस्टारका सामग्रीहरू हेर्न पाउनेछन् । जिओहटस्टारमा रहेका ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर फिल्महरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन् । यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडक्म’ जस्ता चर्चित साउथ इन्डियन फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू डिगोमा हेर्न सकिनेछ । यसका साथै हरेक हप्ता डिगोमा नयाँ नेपाली फिल्महरू उपलब्ध हुनेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी
OthersJust now

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, 'हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।' अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध सुरु भएको युद्धलाई 'एपिक फ्युरी' नाम दिएको थियो। यद्यपि, ट्रम्पले पुनः सैन्य कारबाही कहिले वा कस्तो प्रकारको हुनेछ भन्ने… ...

अनलाइन खबर
जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
OthersJust now

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । अनुकूलन कोषबाट स्वीकृत तीन परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशमा स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा जोड दिनेछन्… ...

अनलाइन खबर
गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्
OthersJust now

गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्

७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् । ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play