Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

10/24/2026, 11:35:20 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ । गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । त्यस्ता घटना पुनः दोहोरिन नदिन अधिकारीहरूले सुरक्षा तयारी तीव्र पारेका छन् । फ्रान्स२४ का अनुसार, आन्तरिकमन्त्री लरेन नुनेजले शुक्रबार (स्थानीय समयअनुसार) सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जालमा हिंसा र लुटपाटका लागि आह्वान भइरहेकाले सरकारले सार्वजनिक व्यवस्था कायम राख्न आवश्यक तयारी गरिरहेको बताए । बढ्दो संकटका बीच राष्ट्रपति इम्यानुएल म्याक्रोंले वरिष्ठ मन्त्री तथा अधिकारीहरू सम्मिलित रक्षा परिषद्को बैठक बोलाएका थिए । फ्रान्स२४ का अनुसार, उनले सप्ताहान्तमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र पारिएका बेला सुरक्षाकर्मीहरूसँग पनि भेट गर्ने कार्यक्रम थियो । खस्कँदो शैक्षिक वातावरणको विरोधमा माध्यमिक विद्यालयका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी बनेको छ । बढ्दो महँगी र जीवनयापनको लागतले सर्वसाधारणमा बढाएको असन्तुष्टिले पनि प्रदर्शनलाई थप चर्काएको छ । प्रदर्शनले उग्र रूप लिएपछि म्याक्रोंले पहिलोपटक माध्यमिक विद्यालयका विद्यार्थी प्रतिनिधिहरूसँग भेट गरेका छन् । तर, विद्यार्थी प्रतिनिधिहरूले आफ्ना माग सम्बोधन गर्ने ठोस प्रस्ताव सरकारले अघि नसारेको भन्दै सहपाठीहरूलाई प्रदर्शन जारी राख्न आग्रह गरेका छन् । अभियान समूह ‘हाई स्कुल रिन्युयल’का अध्यक्ष नाथानेल कोम्बारीले म्याक्रोंले भेटका क्रममा आफूहरूका कुरा ध्यानपूर्वक सुनेको बताए । यद्यपि, सोमबार प्रधानमन्त्रीसँग हुने छलफलका क्रममा सरकारले ठोस प्रस्ताव अघि सार्ने अपेक्षा विद्यार्थीहरूले गरेको उनले बताए । ‘हामी सन्तुष्ट छैनौँ,’ कोम्बारीले भने । उनले सरकारमाथि दबाब कायम राख्न विद्यार्थीहरूलाई आन्दोलन जारी राख्न आग्रह गरे । फ्रान्स सरकारले प्रदर्शनकारीहरूका जायज गुनासा र शान्तिपूर्ण प्रदर्शनलाई लुटपाट, आगजनी तथा तोडफोडका घटनाबाट अलग राख्ने प्रयास गरिरहेको छ । गत शनिबारको प्रदर्शनका क्रममा यस्ता हिंसात्मक घटना भएका थिए । फ्रान्स२४ का अनुसार, न्यायमन्त्री जेराल्ड डार्मानिनले हिंसासम्बन्धी घटनामा अदालतहरूले हालसम्म २१७ जनालाई जेल सजाय सुनाइसकेको बताए । सजाय पाउनेमध्ये करिब आधा पहिलोपटक अपराधमा संलग्न भएका व्यक्ति रहेको उनले जानकारी दिए । बिहीबार म्याक्रोंले आपराधिक गतिविधिमा संलग्न हुनेहरूमाथि ‘अधिकतम कडाइ’ गर्न आह्वान गरेका थिए । उनले गत सप्ताहन्तको अशान्तिका क्रममा अतिवामपन्थी समूहहरूले गणतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोपसमेत लगाएका थिए । यी प्रदर्शनले सन् २०२७ मा हुने फ्रान्सको राष्ट्रपति निर्वाचनअघि राजनीतिक तनावसमेत बढाएको छ । फ्रान्स२४ ले उल्लेख गरेको हालैको एक जनमत सर्वेक्षणअनुसार, अतिदक्षिणपन्थी उम्मेदवार मरिनले पेन अझै अग्रस्थानमा रहेकी छन् । पछिल्ला घटनाक्रमले उनको राजनीतिक स्थिति थप बलियो बनाएको बताइएको छ । ले पेनको पार्टी ‘नेसनल र्याली’ले यसै सप्ताहन्तमा पेरिसको दक्षिणमा पर्ने ओरलियँ सहरमा महाधिवेशन आयोजना गर्दैछ । उक्त कार्यक्रममा हजारौँ समर्थक सहभागी हुने अपेक्षा गरिएको छ । यसैबीच, सोही सहरमा प्रदर्शनको विरोधमा उत्रिने समूहहरूले पनि भेला आयोजना गर्ने योजना बनाएपछि स्थानीय अधिकारीहरूले दुवै पक्षबीच सम्भावित झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी
OthersJust now

ट्रम्पले फेरि दिए इरानमाथि आक्रमणको धम्की, इन्टरनेट केबल काटीदिने इरानको चेतावनी

७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध फेरि सैन्य कारबाही गर्ने धम्की दिएका छन्। ट्रम्पले शुक्रबार फ्लोरिडामा आयोजित एक र्‍यालीमा भने, 'हामी अर्को सानो अपरेसन एपिक फ्युरी गर्न सक्छौँ।' अमेरिकी सेनाले २८ फेब्रुअरीमा इरानविरुद्ध सुरु भएको युद्धलाई 'एपिक फ्युरी' नाम दिएको थियो। यद्यपि, ट्रम्पले पुनः सैन्य कारबाही कहिले वा कस्तो प्रकारको हुनेछ भन्ने… ...

अनलाइन खबर
जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत
OthersJust now

जलवायु अनुकूलन कोषबाट नेपालका ३ परियोजना स्वीकृत

७ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन् । अनुकूलन कोषबाट स्वीकृत तीन परियोजनाले कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण, हिन्दुकुश हिमालय क्षेत्रमा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढीकरण र लुम्बिनी प्रदेशमा स्थानीय समुदायको जलवायु उत्थानशीलता अभिवृद्धिमा जोड दिनेछन्… ...

अनलाइन खबर
गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्
OthersJust now

गोकुल बास्कोटाको टिप्पणी : अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्

७ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको आलोचना गरेका छन् । ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन तब नेपाल राष्ट्र विरुद्ध छाद्छन’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो, त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रिय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play