ओमानसँग भिड्दै नेपाल, शीर्ष ६ मा उक्लिन जित्नैपर्ने दबाब

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दै छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। लिग-२ को अङ्कतालिकामा शीर्ष ६ भित्र अटाउँदै ओडीआई मान्यता कायम राख्ने होडमा रहेको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ। जारी त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै क्यानडा र ओमान दुवै टोलीलाई पराजित गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा भने नेपाल क्यानडासँग पराजित भयो । नेपालमाथिको जितसँगै क्यानडा ३६ खेलबाट २९ अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। यता ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने एक स्थान खस्किएर सातौँ स्थानमा झरेको छ। आजको खेलमा ओमानलाई पराजित गर्न सके नेपाल पुनः क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिनेछ। विश्वकप लिग-२ को शीर्ष ६ भित्र पर्ने टोलीहरूको एकदिवसीय (ओडीआई) मान्यता जोगिने भएकाले अङ्कतालिकाको शीर्ष ६ मा पर्ने होडलाई अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण रूपमा हेरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...
![दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]](https://hamrakura.com/uploads/news/images/subarna-poudel-02-07.jpg)
दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]
आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन्। ...

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...


