एनपीएललाई शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- नेपाली क्रिकेट अमर रहोस्

प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए । उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन््, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ। लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहास् ।’
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्
९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, 'नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।' ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका… ...

सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष अनवर पक्राउ
सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार सुनसरीको देवानगञ्जमा गत साउन १० गते ...

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । प्रधानमन्त्री शाह उद्घाटन समारोहमा सहभागी हुने भए पनि उनी कार्यक्रमस्थलमा पुग्ने समय भने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सहभागिता र समयबारे अन्तिम टुंगो कार्यक्रमको समयमा लाग्ने उनले बताईन् । एनपीएलको ...

इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना ...


