इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान करिब ६ः३० बजे बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक जाँचबुझ गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एसियन लाइफको सीईओबाट श्रेष्ठले दिए राजीनामा, होमबहादुरलाई जिम्मेवारी
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले उनको राजीनामा आगामी कात्तिक १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । त्यस्तै, कम्पनीले रिक्त हुने सीईओ पदमा नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने […] ...

विद्यार्थीले ढाले सर्बियाको १४ वर्ष लामो शासन, राष्ट्रपतिले स्वीकारे हार
सर्बियाको संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकार विरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस ऐतिहासिक जितलाई हेरिएको छ । ...

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्
९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, 'नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।' ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका… ...

सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष अनवर पक्राउ
सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार सुनसरीको देवानगञ्जमा गत साउन १० गते ...


