Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा चितवन राइनोजको विजयी सुरुवात, विराटनगर ८ रनले पराजित

काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो। आज भएकाे खेलमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका इमरान शेखले सर्वाधिक ३९ रन बनाए। आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ३३ रन जोड्नुभयो। उहाँले ४ छक्का र १ चौका प्रहार गरेका थिए। विराटनगरका लोकेश बमले २६ तथा बसिर अहमदले १३ रन बनाए । तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न सकेन। चितवनको जितमा बलर कमल सिंह ऐरी निर्णायक बने। उनले चार विकेट लिए। रिजन ढकालले दुई विकेट लिए भने टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियाे । चितवनका लागि डेविड मलानले उत्कृष्ट ब्याटिङ गर्दै ७० रनको अर्धशतकीय पारी खेले। उहाँले ५ छक्का र ५ चौका प्रहार गरेका थिए। रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहनुभयो भने देव खनालले १२ रन बनाए। विराटनगरका बलरमध्ये एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए । चितवनले बनाएको प्रतिस्पर्धात्मक योगफल जोगाउँदै बलिङमा प्रभावशाली प्रदर्शन गरेपछि टोलीले एनपीएलमा पहिलो खेलमै दुई अंक हासिल गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?
राजनीतिJust now

देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?

काठमाण्डु- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यही असोजमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । थापा नेतृत्वको कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गरेर पार्टीको राजनीतिक दिशा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । तर उता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५ औँ महाधिवेशन तयारी तीव्र बनाएको छ । देउवा पक्षले धेरै स्थानमा वडा अधिवेशन गरिसकेको छ । […] ...

काठमाण्डुपाटी
लुम्बिनीमा आनीको नियुक्ति विवाद : प्रश्न उठाउनेलाई पक्राउ गरेको भन्दै कांग्रेसद्वारा सरकारको आलोचना
राजनीतिJust now

लुम्बिनीमा आनीको नियुक्ति विवाद : प्रश्न उठाउनेलाई पक्राउ गरेको भन्दै कांग्रेसद्वारा सरकारको आलोचना

काठमाण्डु- लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर चलिरहेको विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख खोलेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिसम्बन्धी विवादमा सरकारको कडा आलोचना गरेका हुन्। उनले आनीको नामै लिएर विवादास्पद व्यक्तिको नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरी हिरासतमा राखेपछि छाडिएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्। […] ...

काठमाण्डुपाटी
भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु
राजनीतिJust now

भारतमा शक्तिशाली चक्रवातको त्रास, तटीय क्षेत्रबाट स्थानीयको उद्धार सुरु

भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी)ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका ...

फरकधार
‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’
राजनीतिJust now

‘प्रश्न गर्नेलाई तर्साउने होइन, लुम्बिनी विकास कोषको निर्णय सच्याउ’

काठमाडौं । कांग्रेस महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकासको कोषमा सरकारको विवास्पद निर्णयप्रति कटाक्ष गरेका छन् । सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्त गरेको थियो । आनी छोइङको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विवाद देखिएको विषयमा पौडेलले सरकारलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेका हुन् । ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको संस्थाको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play