एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं । क्रिकेट मैदानमा ब्याट र बलको रोमाञ्च त छँदैछ, अब उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको हातमा चाँदीको बलसमेत चम्किने भएको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा क्रिकेटको उत्साहलाई थप उचाइ दिन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारमार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल दिन थालेको छ । आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती सात टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गरिने छ । यस पुरस्कारको रोचक पक्ष के छ भने एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा जित्ने टोलीका खेलाडी मात्रै होइन, दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडी चाँदीको बलबाट सम्मानित हुनेछन् । एनपीएलको पहिलो खेलबाटै चाँदीको बलले आफ्नो यात्रा प्रारम्भ गरिसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् । खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च अझ बढाउने अपेक्षा गरिएको छ । साथै, नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । अब एनपीएलको मैदानमा प्रतिस्पर्धा जित्ने लक्ष्यसँगै उत्कृष्ट प्रदर्शनबाट चाँदीको बलमा आफ्नो नाम जोड्ने अवसर पनि खेलाडीका लागि अर्को आकर्षण बनेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल लाइफ क्यापिटललाई इक्रा नेपालद्वारा ‘एएमसी क्वालिटी ३’ रेटिङ
काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो रे... ...

एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो । १५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो । विराटनगरका लागि इमरान ...

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
काठमाडौं।आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी ...

काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्छौँ : सुनिता डंगोल
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताएकी छन् । ‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ को जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक... ...


