Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : शीर्ष स्थानमा उक्लने दाउमा लुम्बिनी, पहिलो जितको खोजीमा पोखरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : शीर्ष स्थानमा उक्लने दाउमा लुम्बिनी, पहिलो जितको खोजीमा पोखरा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका छन्।

तीन अंकसहित पाँचौँ स्थानमा रहेको लुम्बिनीलाई आजको खेल जिते शीर्ष स्थानमा उक्लने अवसर छ। लुम्बिनीले दुई खेलमा एक जित हात पारेको छ भने चितवन राइनोजसँगको पछिल्लो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। आज जिते लुम्बिनीको पाँच अंक हुनेछ।

पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका दुवै खेलमा पराजित भएको पोखरा अंकविहीन हुँदै तालिकाको आठौँ स्थानमा छ। आजको खेल जितेर पोखरा अंकको खाता खोल्न चाहन्छ।

मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेपछि शीर्ष स्थानको प्रतिस्पर्धा थप रोचक बनेको छ। विराटनगर, कर्णाली याक्स र जनकपुरको समान चार–चार अंक छ। राम्रो नेट रनरेटका आधारमा विराटनगर शीर्ष स्थानमा रहेको छ।

आजको खेल जिते लुम्बिनी पाँच अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्नेछ। त्यसैले यो खेल लुम्बिनीका लागि शीर्ष स्थानमा उक्लने अवसर हो भने पोखराका लागि प्रतियोगितामा पहिलो जित निकाल्ने चुनौती।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
९ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
Economy & BusinessJust now

९ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाण्डु– कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका […] ...

काठमाण्डुपाटी
सरकारको निर्णय : एडीबीसँग ३०५ मिलियन डलर सहायता लिनेदेखि पुनर्बीमामा हकप्रद लगानी गर्नेसम्म
Economy & BusinessJust now

सरकारको निर्णय : एडीबीसँग ३०५ मिलियन डलर सहायता लिनेदेखि पुनर्बीमामा हकप्रद लगानी गर्नेसम्म

काठमाडौँ / सरकारले एसियाली विकास बैंक (एडीबी)बाट सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि २८५ ...

अर्थडबली
पुनर्बीमामा थप लगानी गरेर पूँजी बढाउने सरकारकाे निर्णय
Economy & BusinessJust now

पुनर्बीमामा थप लगानी गरेर पूँजी बढाउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी चुक्ता पुँजी बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा सरकारले थप लगानी बढाउने निर्णय गरेको हो । ​​​​​ हकप्रद शेयर मार्फत थप लगानी बढाउने तयारी सरकारको हो । हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ । जहाँ नेपाल सरकारको स्वामित्व ४४ प्… ...

आर्थिक न्यूज
हेलिकप्टर दुर्घटनाका तीन जना घाइते मेडिसिटीमा, कस्तो छ स्वास्थ्य अवस्था ?
Economy & BusinessJust now

हेलिकप्टर दुर्घटनाका तीन जना घाइते मेडिसिटीमा, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ / सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका मेडिकल ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play