Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Photo / Coverage: नेपालन्युज

किएभ।दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्। यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौं मानिस घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणपछि देशका विभिन्न क्षेत्रमा आपतकालीन विद्युत् कटौती गर्नुपरेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्। उनले रुसी आक्रमण अमेरिकी निर्वाचनकै दिन भएको उल्लेख गरे। “रुसीहरूले अमेरिकाले उनीहरूको यो सन्देशलाई ध्यान दिने छैन भन्ने ठानेका छन्,” उनले भने, “तर हामीले यस्तो आतंकलाई गम्भीरतापूर्वक लिनुपर्छ र रोक्नु पर्छ। युक्रेनलाई आफ्नो आकाशको रक्षा गर्न सहयोग गर्न आवश्यक छ। अन्यथा रुसले क्षेप्यास्त्र आक्रमण गर्न कहिल्यै छाड्ने छैन।” दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोम्युशुभाखा गाउँमा मानवीय सहायता वितरणका लागि प्रयोग भइरहेको विद्यालय भवनलाई लक्षित गरी रुसले निर्देशित बम आक्रमण गरेको थियो। त्यसपछि नजिकै रहेको आश्रयस्थललाई पनि निशाना बनाइएको थियो। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख मिखाइलो सेमिकिनले मंगलबार दिएको जानकारीअनुसार, मृत्यु हुनेमा चार प्रहरी अधिकारी र दुई उद्धारकर्मी पनि छन्। आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्। युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनको संयुक्त आक्रमणमा कम्तीमा ६२ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। नेमिस्ल्यान्स्की जिल्लास्थित एउटा स्वास्थ्य संस्थामा आक्रमणबाट क्षति पुगेको छ। साथै, चार वटा आवासीय भवनका झ्याल फुटेका छन् भने केही सवारीसाधनमा पनि क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेह सिनेहुबोभका अनुसार, दुई सयभन्दा बढी बिरामीलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ। यसैगरी, ड्निप्रो क्षेत्रमा रुसी आक्रमणमा एक जनाको मृत्यु र १७ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार, मंगलबार बिहान उद्धारकर्मीहरूले भग्नावशेषबाट एक महिलालाई जीवितै उद्धार गरेका छन्। क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र हान्जाका अनुसार, उक्त आक्रमणमा बहिरङ्ग सेवा केन्द्र र एउटा अस्पतालमा क्षति पुगेको छ।अस्पतालका बिरामीहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको छ। रुसको रक्षा मन्त्रालयले मंगलबार रातभरमा युक्रेनका ८५६ वटा ड्रोन खसालेको दाबी गरेको छ। मस्कोका मेयर सर्गेई सोब्यानिनले रुसी राजधानीलाई लक्षित गरी ४९३ वटा ड्रोन प्रहार गरिएको बताएका छन्। युक्रेनी ड्रोन आक्रमणमा रुसको यारोस्लाभ सहरस्थित एउटा तेल प्रशोधन केन्द्रका दुई कर्मचारी घाइते भएको क्षेत्रीय गभर्नर मिखाइल येभ्रायेभले बताएका छन्। उनका अनुसार, आक्रमणबाट प्रशोधन केन्द्रको पूर्वाधारमा पनि क्षति पुगेको छ। ऊर्जा पूर्वाधारमा भएका आक्रमणपछि रुसको नियन्त्रणमा रहेको क्रिमियाका दक्षिणी, पश्चिमी र पूर्वी क्षेत्रमा आलोपालो विद्युत् कटौती लागू गरिएको मस्को समर्थित अधिकारीहरूले बताएका छन्। –रासस /एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा
Latest NewsJust now

संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ। ...

कान्तिपुर
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
Latest NewsJust now

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो। वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै ...

नेपालन्युज
३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Latest NewsJust now

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ...

कर्पोरट खबर
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौँमा
Latest NewsJust now

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलिदेखि काठमाडौँमा

काठमाडौँ। प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन्। अधिवेशनबारे जानकारी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play