Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फन्ड भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी काममा सहयोग गर्ने भन्दै घुस मागेको उजुरी परेपछि आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । आयोगको टोलीले घिमिरेसँगै गुड नेबर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वरका सञ्चालक वरुण ढुंगेललाई पनि पक्राउ गरेको छ । उनीहरूलाई सेवाग्राहीबाट ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कात्तिक १६ गते मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ । उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । कात्तिक १७ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ । The post ३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राविधिक र नीतिगत उल्झनमा बागमतीको ‘डिजिटल आयोजना ट्र्याकिङ’ योजना
Latest NewsJust now

प्राविधिक र नीतिगत उल्झनमा बागमतीको ‘डिजिटल आयोजना ट्र्याकिङ’ योजना

हेटौँडा । बागमती प्रदेश सरकारले बजेट वक्तव्यमार्फत प्राथमिकताका साथ घोषणा गरेको विकास आयोजनाहरूको ‘रियल–टाइम डिजिटल ट्र्याकिङ’ प्रणाली प्राविधिक जटिलता, जनशक्ति र नीतिगत स्पष्टताको अभावका कारण प्रभावित भएको छ । प्रणालीको आधाभन्दा... ...

रातोपाटी
गान्तोकमा गुञ्जियो नेपथ्य
Latest NewsJust now

गान्तोकमा गुञ्जियो नेपथ्य

भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकका बासिन्दाले ‘ऐतिहासिक’ संज्ञा दिएका छन्। ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति नेपथ्य कन्सर्ट ऐतिहासिक क्षण बन्न पुगेको छ।’   गान्तोकको मुख्य रङ्गशालामा अरू बेला प्यारापिटभ... ...

नेपालखबर
जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन
Latest NewsJust now

जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन

२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति नलिएको र पीडित अस्थायी टहरामै बस्नुपरेको भन्दै सहभागीले राज्यको ध्यानाकर्षण गराए । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play