नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार जारी खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पोखराले ९७ रन मात्र बनाउन सकेको हो । टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले पोखरालाई सस्तैमा रोक्दै खेलमा बलियो पकड बनाएको छ । जारी प्रतियोगितामा पोखरा पहिलो जितको खोजीमा छ । यसअघिका दुवै खेलमा पराजित भएको पोखरालाई जितको खाता खोल्न लुम्बिनीलाई कम स्कोरमै रोक्नुपर्ने चुनौती छ । ...
लुम्बिनीलाई पोखराको ९८ रनको सामान्य लक्ष्य

Read Complete Original Article
Published originally on फरकधार






