Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
Photo / Coverage: नेपालन्युज

काठमाडौं।सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ। पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन्। उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन्। पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए। त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। त्यहाँ रहँदा उनी भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्डको परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टमको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काममा संलग्न थिए । त्यस्तै, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए। उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल
Latest NewsJust now

नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल

काठमाडौं । विराटनगर किंग्सका अलराउण्डर आन्द्रे रसेलले नेपाली क्रिकेटमा प्रतिभाको कमी नरहेको बताएका छन्। उनले नेपालमा राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने सम्भावना भएका १५ देखि २० जनासम्म खेलाडी देखेको बताएका हुन्। मंगलबार जनकपुर बोल्ट्ससँगको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाली क्रिकेटको प्रतिभा विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले आगामी वर्ष पनि एनपीएल खेल्न नेपाल आउने इच्छा ...

हिमालय टाइम्स
अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान
Latest NewsJust now

अमेरिकामा मध्यावधि निर्वाचन : धमाधम मतदान

संयुक्त राज्य अमेरिकामा मध्यावधि चुनावअन्तर्गत आज मंगलबार मतदान भइरहेको छ। अमेरिकी कंग्रेस (संसद्‌) को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' (प्रतिनिधि सभा) का सबै ४३५ सिट र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान भइरहेको हो।  राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दुई वर्ष बाँकी रहँदा मध्यावधि निर्वाचन भइरहेको हो। अमेरिकामा राष्ट्रप... ...

नेपालखबर
जलवायु कूटनीति दया होइन, हाम्रो अधिकार हो : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु कूटनीति दया होइन, हाम्रो अधिकार हो : मन्त्री चौधरी

काठमाडौं।कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन्। फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा आज यहाँ आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपालः जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले जलवायु संकटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन्। उनले हानि तथा नोक्सानी ...

नेपालन्युज
कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज
Latest NewsJust now

कैलाश खड्काको बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play