Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल
Photo / Coverage: पर्दाफास

नेकपा एमालेले संसद बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख अर्याललाई भेटेर संसदलाई क्रियाशील बनाउन अनुरोध गरेका हुन् । सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने र सरकारलाई जवाफदेही बनाउने प्रमुख थलो संसद भएकाले बैठक तत्काल बोलाउन आग्रह गरिएको बताइन् । उनले पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्य लोकतन्त्रका लागि गम्भीर विषय भएको बताइन् । त्यस्तै, महँगी नियन्त्रण, ग्यास अभाव र जनजीविकासँग जोडिएका समस्याबारे संसदमा छलफल हुनुपर्ने उनको भनाइ थियो । ‘संसद जीवितै छ, संसद क्रियाशील बनाउन सकिन्छ । अध्यादेशबाट होइन, संसदबाट नै कानुन निर्माण गर्ने कुरा, जनताका समस्यालाई मुखरित गर्ने कुरा र सरकारलाई जवाफदेही बनाउने काम संसदले नै गर्ने हो,’ उनले भनिन् । अर्यालका अनुसार सभामुखले आफू संसद् आह्वानको तयारीमा रहेको र छिट्टै बैठक बोलाउने बताएका छन् । प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका पछिल्ला समाचारबारे एमाले गम्भीर रहेको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन हुनुपर्ने बताइन् । समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने उनको भनाइ थियो । ‘समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पनि हामी पुग्न सक्दैनौँ । आएका समाचार सबै सत्य हुन्छन् भन्ने पनि हुँदैन,’ उनले भनिन्, ‘पहिलो नम्बरमा छानबिन हुनुपर्छ भन्ने नेकपा एमालेको कुरा हो ।’ उनले न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण इजलास वा संसद्को समितिमार्फत विषयको निष्पक्ष अध्ययन तथा छानबिन गर्न सकिने बताइन् । महाभियोग प्रस्ताव संसदमा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्नसक्ने व्यवस्था रहेको पनि उनले उल्लेख गरिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त
OthersJust now

लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी सुम्पेको हो । इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा लामो कार्यअनुभव सँगालेका पाण्डे सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा ...

पर्दाफास
कात्तिक २५ गते भाइटीका, यस्तो छ टीका लगाउने उत्तम साइत
OthersJust now

कात्तिक २५ गते भाइटीका, यस्तो छ टीका लगाउने उत्तम साइत

यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ । समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते ...

पर्दाफास
कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ
OthersJust now

कांग्रेस सांसद केरुङ भन्छन्– अदालत भन्नेबित्तिकै आङ सिरिङ्ग हुने अवस्था छ

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले न्याय सम्पादनमा हुने ढिलासुस्ती अन्त्य हुनेगरी मेलमिलापसम्बन्धी कानुन बनाउनुपर्ने बताएका छन् । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा आफ्नो संशोधन प्रस्तावको औचित्य प्रस्तुत गर्दै केरुङले अदालतप्रतिको आम नागरिकको धारणा र न्याय सम्पादनमा भइरहेको ढिलाइलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । यो विधेयक कानुन न्याय तथा मानवअधिकार… ...

अनलाइन खबर
भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?
OthersJust now

भूत वा कोही वरपर भएको आभास हुन्छ ? आखिर किन ?

रातको सुनसान समय । अचानक निद्रा खुल्छ । कोठामा आफू एक्लै भए पनि कसैले नजिकै उभिएर हेरिरहेको जस्तो लाग्छ । बोल्न खोज्दा आवाज निस्किँदैन, शरीर चलाउन खोज्दा हातखुट्टा चल्दैनन् । आँखा अगाडि कुनै आकृति देखिएझैं हुन्छ । केही क्षणपछि सबै कुरा सामान्य हुन्छ । यस्तो अनुभव गर्ने व्यक्ति कम छैनन् । कतिपयले यसलाई भूत देखेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play