इरानको तेल र देश नै कब्जा गर्न सक्छु: ट्रम्प

काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाहीको सङ्केत गर्दै आवश्यक परे इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन्। शुक्रबार ह्वाइट हाउसबाट फ्लोरिडामा आयोजित र्यालीमा जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताएका हुन्। ट्रम्पले भने, इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन। हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ। हामी पूरै देश नै कब्जा गर्न सक्छौँ। इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए। उनले भने, हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ। प्रश्न यो हो-के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो? फ्लोरिडाको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाहीको सङ्केत गर्दै भने, हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ। ‘एपिक फ्युरी’ फेब्रुअरी २८ मा अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ। अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो। यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही गर्ने विषयमा ट्रम्पले अन्तिम स्वीकृति दिने वा नदिने भन्ने अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...
_8GKH9mFcCy.jpg)
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...
![धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]](https://hamrakura.com/uploads/news/images/bittar-park-08-07.jpg)
धार्मिक आस्था, प्रकृति र नेपाली पहिचानको संगम बिटार पार्क [भिडियो]
बिटार पार्क रामेछापको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । ...


