युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे

किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ । रक्षामन्त्री येभगेनी खमाराले एक विज्ञप्तिमा निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गति सुधार भएको देखाएको बताए । उनका अनुसार, यी प्रणालीमा प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गति रेकर्ड गरिएको छ र सम्पर्क स्थिर भएको छ । उनले यो उपलब्धि विशेषगरी अग्रपङ्क्तिमा रहेका सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन तथा सञ्चारका लागि महत्वपूर्ण रहेको बताए । स्टारलिङ्क सञ्जाल युक्रेन र अमेरिकाबीचको विवादको केन्द्रमा रहँदै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई सहयोग गरेको आरोप लगाएका छन् । उनका अनुसार, रुसी क्षेप्यास्त्र आक्रमणबारे किएभलाई पूर्वसूचना नदिनु र स्टारलिङ्कको गति सीमित पार्नुले युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको छ । रक्षामन्त्री खमाराले यस विषयमा राष्ट्रपति जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार किएभलाई सञ्चार प्रणालीमा समस्या भइरहेको भए स्पेसएक्सका प्रमुख तथा प्रविधि उद्यमी एलन मस्कसँग कुरा गर्ने बताएका थिए । यसअघि बिहीबार नै ट्रम्पले मस्कले स्टारलिङ्कमा पहुँच पुनःस्थापित गरिसकेको बताएका थिए । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका थिए । यद्यपि, उनले सञ्चार सेवामा आएका अवरोधका लागि स्पेसएक्स जिम्मेवार नभएको र त्यसको जिम्मेवारी अमेरिकी सरकारको भएको दाबी गर्दै आएका छन् । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि... ...

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् । ...

दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल
बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकामा दसैँपछि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । ...

एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध ... ...


