नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियानका क्रममा तल्लो तहसम्म पुगेर नागरिकका प्रमुख समस्या तथा मागहरू संकलन गर्ने, संगठन सुदृढीकरण तथा सदस्यता नवीकरण गर्ने र जनताका सरोकारका विषयमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिने पार्टीले जनाएको छ । आजदेखि डेढ महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै नेकपा, पेरिसडाँडामा उद्घाटन The post नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि... ...

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् । ...

दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल
बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकामा दसैँपछि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । ...

एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध ... ...


