Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

10/26/2026, 3:13:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गर्दै अभियानले विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले उक्त कार्यक्रम सरकारको ध्यानाकर्षण गराउन गरिएको सांकेतिक विरोध भएको बताए । उनले सरकारले विवादित निर्णयहरू सच्याउनुपर्नेमा जोड दिँदै आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न माग गरे । ‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो । सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ,’ सिंहले भने । सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे । उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ । अभियानले नियुक्तिसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
OthersJust now

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराउनुभएको डीएनए किट हस्तान्तरण समारोहमा बोल्दै उनले आफूले सार्वजनिक रुपमै पनि एनआरएनए नागरिकता सम्बन्धि कानुनी अडचन हटाउने प्रतिवद्धता जनाउँदै आएको उल्लेख ...

पर्दाफास
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी
OthersJust now

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् । मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play