Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

10/26/2026, 4:39:19 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्य र बेलायतमा रहेका व्यवसायी तथा समाजसेवी उत्तम नेपालले उपलब्ध गराउनुभएको डीएनए किट हस्तान्तरण समारोहमा बोल्दै उनले आफूले सार्वजनिक रुपमै पनि एनआरएनए नागरिकता सम्बन्धि कानुनी अडचन हटाउने प्रतिवद्धता जनाउँदै आएको उल्लेख गरे । ‘मैंले यसअघि अष्ट्रेलियामा आयोजित कार्यक्रममा पनि आगामी आर्थिक बर्षभित्र एनआरएन नागरिकतामा देखिएको कानुनी वाधा हटाउने र आर्थिक बर्षभित्र वा अगावै पनि समस्या सुल्झाउने बताइसकेको छु । यो काममा हामी सबै लागिरहेका छौं,’ उनले अगाडि भने,‘सरकारमा आइसकेपछि एनआरएनएको विषयलाई रणनीतिक महत्वका साथ हेरेका छौं । विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्नुपर्छ भनेर गम्भीर भएर काम गरिरहेका छौं । एनआरएनए नागरिकता लिइसकेकाहरुलाई पनि आधारभूत अधिकारहरु प्रयोग गर्न असहज नहोस भनेर मिहीन ढंगले काम भइरहेको छ । यी सबै कामका लागि एक बर्षको समय तोकेका हौं । उनले सरकारको मुल मुद्दा नै आर्थिक समृद्धि भएकाले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न कानुनी बाधा हटाउने प्रयासमा कुनै कमी नहुने प्रतिवद्धता जनाए । परराष्ट्र सचिव अमृत राईले गैरआवासीय नेपाली नागरिकता व्यवहारिक प्रयोगमा देखिएको समस्याहरुप्रति आफैं लज्जित हुनु परेको औंल्याउँदै केही नेपाल ऐन संशोधनमार्फत समस्याको समाधान गर्ने प्रयास गरिरहेको बताए । उनले भने,‘नागरिकताका सन्दर्भमा हामी आफैंलाई छटपटी छ । करिब सात हजार पाँचसय जनाले नागरिकता लिनु भएको छ तर पछि एनआरएनए कार्डमै फर्किनुपर्यो । सरकारले इस्यू गरिसकेको विषयबाट पछाडि फर्किनुपर्दा असहज भएको छ । अब मन्त्रीज्यूबाट नागरिकताको विषय टुंगोमा पुर्याउने प्रयास भइरहेको छ । कानुनी आधार तयार गर्ने प्रयास जारी छ ।’ कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले विदेशमा भएका नेपालीहरु नेपालको समृद्धि र विकासमा निरन्तर क्रियाशील रहेको बताए । उनले कानुनी समस्याहरु तत्काल सुल्झाउन सके लगानी गर्न थप सहज हुने औंल्याए । एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्यले एनआरएनए नागरिकताको कानुनी समस्या तत्काल समाधान गर्न माग राखे । पहिलो पटक आफूले सार्वजनिक रुपमा एनआरएनए नागरिकता लिएको जनाउँदै सरकारले गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको जानकारी मन्त्रीलाई गराएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
OthersJust now

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play