Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Others/चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

10/26/2026, 4:32:29 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष पण्डितले सम्हाले जिम्मेवारी

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् । मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरे । सो अवसरमा मन्त्री तिमिल्सिनाले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । उनले नवनियुक्त अध्यक्ष पण्डितका लागि वास्तविक परीक्षा अब सुरु भएको उल्लेख गर्दै आफ्नो कार्यकाल बोर्डको इतिहासमा उदाहरणीय बन्ने गरी काम गर्न सुझाव दिए । सो अवसरमा बोर्डको अध्यक्षका लागि जम्मा १२ आवेदक परेपछि प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको जानकारी गराइयो । सो सोमध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयबाट पण्डितलाई अध्यक्षमा मनोनयन गरिएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
OthersJust now

एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट

८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play