Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

आज तिहारको भाइटीका, उत्तम साइत ११: ०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज तिहारको भाइटीका, उत्तम साइत ११: ०७ बजे
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले दाजुभाई पश्चिम फर्कने, दिदीबहिनीहरुले पूर्व फर्केर टीका लगाइदिनुपर्ने बताएको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । The post आज तिहारको भाइटीका, उत्तम साइत ११: ०७ बजे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गच्छे–भालुबाङ सडक निर्माणले पायो तीव्रता, दूरी ४७ किलोमिटर घट्ने
Latest NewsJust now

गच्छे–भालुबाङ सडक निर्माणले पायो तीव्रता, दूरी ४७ किलोमिटर घट्ने

अर्घाखाँची र लुम्बिनी प्रदेशको राजधानी भालुबाङलाई जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएको छ। ...

हाम्राकुरा
ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर
Latest NewsJust now

ममता काफ्ले भट्ट हत्या प्रकरण: श्रीमान् नरेश भट्ट दोषी ठहर

काठमाडौं। अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या मुद्दामा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार छ हप्ता लामो सुनुवाइपछि नरेशलाई ‘फर्स्ट-डिग्री मर्डर’ अर्थात् प्रथम श्रेणीको हत्याको आरोपमा दोषी ठहर गरेको हो। अदालतले उनलाई शवको अपमान गरेको र त्यसलाई लुकाएको अभियोगमा पनि दोषी पाएको छ। सुनुवाइको क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको ...

नेपालन्युज
आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे
Latest NewsJust now

आज भाइटीका, उत्तम साइत बिहान ११ : ०७ बजे

काठमाण्डु – यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन बुधबार दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play